पहाड र तराईलाई जोड्ने ब्यापारिक केन्द बन्दै उर्लाबारी

उर्लावारी, २६ भदौ /  पहाड र तराईलाई जोड्ने ब्यापारिक केन्द्रको रुपमा परिचत उर्लावारी नगरपालिकाले विकासमा फड्को मार्न थालेको छ ।
मोरङ जिल्लाकै नमूना नगरको रुपमा परिचिति उर्लावारी नगरपालिका ब्यापारिक मार्गको ट्रनिङपोइन्टको रुपमा चिनिन्छ । पहाड र तराईलाई ब्यापारमा जोड्ने यो नगरपालिका मोरङ जिल्लाको सदरमुकाम विराटनगरबाट करिव ५५ किलोमिटर पूर्वोत्तर क्षेत्रमा अवस्थित छ ।
उर्लाबारी नगरपालिकामा साविक राजघाट र साविक मधुमल्ला गा.वि.स. को वडा ७, ८ र ९ समायोजन भई उर्लाबारी नगरपालिकाको रुपमा कार्यान्वयन एक नगरपालिका हो ।
पूर्वमा झापा जिल्लाको दमक नगरपालिका, पश्चिम क्षेत्रमा पथरीशनिश्चरे नगरपालिका र लेटाङ नगरपालिका, उत्तरमा मिक्लाजुङ्ग गाउँ पालिका र दक्षिणमा रतुवामाई नगरपालिकासँग सीमाना जोडिएको छ ।

अधिकांश भू–भाग खेतियोग्य जमिन भएतापनि बढ्दो सहरीकरणले यस क्षेत्रको विकासमा व्यवस्थित योजना बनाई कार्य गर्नुपर्ने जरुरी भएको मेयर खड्गा फागोले बताउनु भयो । कृषिको अलावा पर्यटकीय गन्तब्यको रुपमा समेत विकास गर्न सकिने उहाँको भनाइ छ ।
उर्लाबारी चौकदेखि उत्तर मधुमल्ला हुँदै पाँचथरको रविसम्म जाने बाटो एवं दक्षिणतर्फ सिधा सदरमुकाम पुग्ने बैकल्पिक सडक भएबाट पनि उर्लावारीको भविश्य राम्रो रहेको मेयर फागोको तर्क छ ।
पर्यटकीय गन्तब्यको रुपमा बेतिनी सिमसार, बुढा ठाकुर, लामपाते सिमसार जस्ता क्षेत्रहरुको संरक्षण, डेकुरेसन र प्रबद्र्धनमा नगरपालिका र स्थानीय स्तरमा भएको प्रयासले उर्लाबारी नगरपालिले पर्यटन विकासमा बढी मात्रामा लाभ लिनसक्ने भएपनि पर्यटकीय क्षेत्रमा चिनाउन नसकिएको उपप्रमुख लक्ष्मीदेवी भण्डारीले बताउनु भयो ।
उर्लावारी पुरानो इतिहास बोकेको नगरपालिका भएपनि जातीय बसोवासको हिसावले सन्थालहरुको स्थलको रुपमा चिनिन्छ । उर्लावारीको नामाकरण नै सन्थाल भाषाको दुई शब्दहरु उर्ला (बाघ) र वाडि (ठाउँ) अथवा बाघ बस्ने ठाउँको रुपमा परिचित छ ।
पुरानो जंगल क्षेत्र क्रमिक रुपमा मानिसको बसोवास वृद्धिसँगै नगर क्षेत्रको रुपमा विकसित भएको पाइन्छ ।

 

शनिबार, २६ भदौ, २०७८, दिउँसोको ०३:०९ बजे

सम्बन्धित खवर