जिप दुर्घटनामा दुई जना घाइते

ताप्लेजुङ, भदौ २६ / ताप्लेजुङको पूर्वी सिदिङ्वा गाउँपालिकामा जिप दुर्घटना हुँदा दुई जना यात्रु घाइते भएका छन् । सिदिङ्वा गाउँपालिका –४ साब्लाखुको रातमाटे खण्डमा शनिबार साँझ मे१ज २०७४ नम्बरको जिप दुर्घटना हुँदा एक महिलासहित दुई जना यात्रु घाइते भएका हुन् ।

प्रहरी चौकी साब्लाखुका अनुसार सिदिङ्वा गाउँपालिका–५ लिम्बु दिनकी २२ वर्षीया सीता इधिङ्गो र एकजना अन्दाजी ६५ वर्षीय वृद्ध घाइते हुनुभएको छ । घाइते वृद्धको भने नाम र ठेगाना खुलिनसकेको प्रहरी चौकीका हवलदार अमृत दमाईले जानकारी दिनुभयो । उहाँका अनुसार घाइते दुवै जनाको पाँचथर जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

झापाको दमकदेखि साब्लाखु भन्ज्याङतर्फ जाँदै गरेको जिप ब्रेक फेल भई दुर्घटना भएको प्रहरी चौकी साब्लाखुले जनाएको छ । प्रहरीका अनुसार नौ जना यात्रु सवार रहेको जिप दुर्घटनामा चालकसहित सात जना सकुशल रहेका छन् ।

आइतबार, २६ भदौ, २०७९, रातीको ०९:५४ बजे

सम्बन्धित खवर