दमक/  चलचित्र महापुरुषका कलाकारले झापा कलामा रमाउने जिल्ला भएकाले चलचित्र क्षेत्रलाई माथि उठाउन झापाबासीको भूमिका रहेको बताएका छन् । प्रचारको क्रममा टिमले मोफसल टुर गर्ने क्रममा आज झापाको दमकका पत्रकारसँगको भेटमा यस्तो बताएका हुन् ।
मुख्य कलाकारको रुपमा रहेका हरिवंश आचार्यले महापुरुष चलचित्र परिवार सबै सँगै बसेर हेर्न लायक भएको बताए ।
कलाकारहरु हरिवंश आचार्य, राजाराम पौडेल, गौरी मल्ल, रबिन्द्रसिंह बानियाँ, अरुण क्षेत्री, अञ्जना बराइली, कमेडियन सुमन कार्की, गायक निशान भट्टराई लगायतको टिम प्रचारको अभियानमा झापा आइपुगेको छ ।
सामाजिक विषयवस्तुमा आधारित फ्यामिली ड्रामामा हरिवंशसँगै मदनकृष्ण श्रेष्ठ, रबिन्द्रसिंह बानियाँ, राजाराम पौडेल, शिखा तामाङ, कोपिला थापा, शिरु विष्ट, कविता श्रेष्ठ, नरेन्द्र कंसाकार, सविन बास्तोला, नरेश पौड्याल, प्रेम पाण्डे, सुमन रिमाल, माधव अधिकारी, प्रकाश भट्टराई, घनश्याम जोशी, अर्जुन आचार्य, पण्डित प्रज्वल लुइँटेल लगायतको अभिनय रहेको जानकारी गराइएको छ ।

यही फिल्ममार्फत अरुण क्षेत्री र अञ्जना बराइलीले डेब्यु गरेका छन् भने निर्देशक भट्टराईकै लेखन रहेको छ । फिल्ममा दीपक बज्राचार्यले छायांकन, मित्र डी. गुरुङले सम्पादन गरेका हुन् । यही फिल्मबाट कवि नवराज पराजुलीले गीतकारको रूपमा फिल्ममा डेब्यु गरेका छन् ।

Facebook Comments Box