प्रदेश १ मा बुधबार गरिएको परीक्षणमा ३३ प्रतिशतमा कोरोना संक्रमण

२६ कार्तिक, विराटनगर / प्रदेश १ मा बुधबार गरिएको परीक्षणमा ३३ प्रतिशतमा कोरोना संक्रमण देखिएको छ । पछिल्लो दिनमा प्रदेशमा गरिएको पिसिआर परीक्षणमध्ये ३० प्रतिशत हाराहारीमा कोरोना पोजेटिभ देखिएको छ ।

पछिल्लो २४ घण्टामा प्रदेशमा १ हजार १२८ जनाको पीसीआर परीक्षण भएकोमा ३६८ जनामा संक्रमण देखिएको छ । यो जम्मा परीक्षणको ३२.६२ प्रतिशत हो । परीक्षण गरिएका मध्ये १२८ महिला र २४० पुरुषको रिपोर्ट पोजेटिभ आएको हो ।

हालसम्म प्रदेशमा १ लाख ७४ हजार ८०२ जनाको पीसीआर परीक्षण गरिएको छ । जसमध्ये २२ हजार ८८१ जनामा संक्रमण देखिएको छ । यो जम्मा परीक्षणको १३ प्रतिशत हो ।

प्रदेशमा बुधबार मोरङमा १४८, सुनसरीमा ९८, झापामा ५७, पाँचथरमा २०, उदयपुरमा १०, संखुवासभामा ७, ताप्लेजुङ र इलाममा ४–४, भोजपुरमा ३, सोलुखुम्वु, खोटाङ र धनकुटामा १–१ र प्रदेश १ बाहिरका १४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा ८०, सुन्दरहरैचामा १२, बुढीगंगामा ९, बेलबारी र रतुवामाईमा ८–८, रंगेली र ग्रामथानमा ५–५, उर्लाबारीमा ४, पथरीशनिश्चरे र लेटाङमा ३–३, कानेपोखरी र कटहरीमा २–२, केराबारी, मिक्लाजुङ, धनपालथान, जहदा र सुनबर्षीमा १–१ र स्थानीय तह नखुलेका २ जनामा संक्रमण देखिएको छ ।

उता सुनसरीको इटहरीमा ४३, धरानमा २८, रामधुनीमा १०, इनरुवामा ७, दुहवीमा ५, बराहक्षेत्रमा ३, भोक्राहा नरसिंह र स्थानीय तह नखुलेका १–१, झापाको दमकमा २४, भद्रपुरमा १०, विर्तामोड र मेचीनगरमा ५–५, कमल गाउँपालिकामा ४, अर्जुनधारामा २, कनकाई, गौरादह, शिवसताक्षी, हल्दिबारी र बुद्धशान्तिमा १–१ र स्थानीय तह नखुलेका २ जनाको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ । यसैगरि पाँचथरको फिदिममा २०, उदयपुरको त्रियुगामा ४, चौदण्डीगढी, उदयपुरगढी र स्थानीय तह नखुलेका २–२, संखुवासभाको खाँदबारीमा ७, ताप्लेजुङको फुङलिङमा ४, इलामको इलाम नगरपालिकामा २, चुलाचुली र स्थानीय तह नखुलेका १–१, भोजपुरको षडानन्द, पौवादुङ्मा र स्थानीय तह नखुलेका १–१, सोलुखुम्वमा १, खोटाङको दिक्तेल रुपाकोट मझुवागढीमा १ , धनकुटाको पाख्रीबास र प्रदेश १ बाहिरका १४ जनामा संक्रमण देखिएको छ ।

प्रदेशबाट बुधबार ४४१ जना डिस्चार्ज भएका छन् । होम आईसोलेसनबाट ४३५ र कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट ६ जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको संख्या १५ हजार ७५६ पुगेको छ ।

बुधबार, २६ कार्तिक, २०७७, रातीको ०८:०८ बजे

सम्बन्धित खवर