लसएञ्जल्स(अमर उजाला)/   अमेरिकी अभिनेता पल रड विश्वकै कामूक पुरुष घोषित भएका छन् । अमेरिकाको एक प्रतिष्ठित पत्रिका ‘पिपल’ले उनलाई सन् २०२१ को ‘सेक्सिएस्ट मेन अलाइव’को उपाधि दिएको हो । यो मामलामा उनले बलिउड तथा हलिउडका ठूला कलाकारलाई पछाडि पारेका छन ।

आफूले यो उपाधि पाउदा पल नै चकित परेका छन् । ‘मैले दयालु, मिलनसार, मेहनती जस्ता उपाधि पाएको छु । तर सेक्सी ? यो केही फरक छ’, उनले भनेका छन् ।

५२ वर्षे अभिनेता पलका दुई सन्तान छन् । कमेडियन अभिनेता पलले जब ‘कामूक पुरुष’को उपाधि पाए, उनले यो कुरा पत्नी जूली येगेरलाई बताएका थिए । पत्नी भने पलको कुरा सुनेर चिन्तित भएकी थिइन् ।

पल विशेषत मार्वलको ‘एन्ट–मेन’को भूमिकाका लागि चिनिन्छन् । यसबाहेक उनले ‘दिस इज ४०’ र ‘क्लूलेस’ जस्ता फिल्ममा पनि काम गरेका छन् । उनी चाँडै एप्पल टीवी प्लसको सिरिज ‘द श्रींक नेक्स्ट डोर’मा देखिँदैछन् ।

Facebook Comments Box