झापामा दोस्रो चरणको जनगणनाको तथ्याङ्क संकलन लिने कार्य सुरू

दमक,२५ कार्तिक।/ झापा जिल्लामा दोस्रो चरणको जनगणनाको तथ्याङ्क संकलन लिने कार्य सुरू भएको छ ।झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिना तथा भद्रपुर नगर प्रमुख जीवनकुमार श्रेष्ठले आआफ्नो सम्पूर्ण विवरण भराएर भद्रपुरबाट कार्यक्रमको सुरूवात गरेका हुन् ।
जिल्ला जनगणना कार्यायल भद्रपुरका प्रमुख चुडामणि लुईटेलले प्रजिअ तिम्सेनाको विवरण भरेका थिए भने नगर प्रमुख जीवनकुमार श्रेष्ठको विवरण गणक मुना खतिवडाले तयार गरेकी थिइन् ।
विहान ८ वजे सम्पन्न कार्यक्रममा जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख सानुराम भट्टराई, स्थानीय सञ्चारकर्मी तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
जिल्लामा राष्ट्रिय जनगणना २०७८ का लागि जिल्लाका १५ पालिकामा एक हजार ४ सय ५२ जना सुपरिवेक्षक र गणक परिचालन गरिएको छ । ‘मेरो गणना मेरो सहभागिता’ भन्ने नाराका साथ १२ औँ जनगणना २०७८ देशभर सञ्चालन भएको छ । पहिलो चरणमा सुवरिवेक्षकले संकलन गरेको घरपरिवारका आधारमा गणकले जनसंख्यासहितको सम्पूर्ण विवरण लिइने जिल्ला जनगणना कार्यालय झापाका प्रमुख लुईटेलले जानकारी दिए।
उनले प्रारम्भिक विवरण अनुसार झापामा २ लाख ४७ हजार ५ सय घर परिवार संख्या देखिएको छ । सोही परिवारको तथ्यलाई गणकहरूले स्थलगत रूपमा विवरण लिएर जनगणना गर्नेछन् । झापामा वि।सं। २०६८ सालमा गरिएको जनगणनाको तथ्याङ्क अुनसार १ लाख ८४ हजार ५ सय ५५ घरपरिवार रहेका थिए । बर्तमान अवस्थमा ३४ प्रतिशत घर परिवार बढेको उनको भनाई छ ।शुभारम्भ कार्यक्रममा प्रजिअ तिम्सिनाले झापाबासीलाई जनगणनाका लागि विवरण दिन अपील गरेका छन् ।

दुईवटा जनगणना कार्यालय

आजदेखि मंसीर ९ गतेसम्म स्थलगत जनगणना हुने झापामा बिरिङ खोला पूर्व र पश्चिम क्षेत्र हेर्ने गरी दुईवटा जनगणना कार्यालय राखिएको छ । पूर्वको गणना कार्यालय भद्रपुर र पश्चिमको गणना कार्यालय दमकमा रहेका छन् । प्रमुख लुँइटेलका अनुसार जनगणनाको १२ औं शृंखला अन्तरगत ५५ वटा प्रश्नावलीका आधारमा विवरण संकलन गरिनेछ ।

बिहिबार, २५ कार्तिक, २०७८, साँझको ०५:०८ बजे

सम्बन्धित खवर