झापाका सांसद लिङ्देनको दुबै फोक्सोमा निमोनिया

कोरोना संक्रमणको आशंका, रिपोर्ट आइनसकेको छैन
बैकल्पिक खवर

झापा, मंसिर २६/  निमोनियाका कारण गम्भीर बिरामी परेका राप्रपा सांसद राजेन्द्र लिङ्देनको अवस्था सामान्यतर्फ फर्किन समय लाग्ने ललितपुरस्थित मेडिसिटी अस्पतालले जनाएको छ । लिङ्देनको दुबै फोक्सोमा निमोनिया संक्रमण रहेको अस्पतालले जनाएको छ । उहाँलाई विर्तामोडमा आयोजित कार्यक्रमकै दिनदेखि संक्रमण बढेको पनि पारिवारिक श्रोतले जनाएको छ ।

लिङ्देनलाई सेनाको हेलिकप्टरले झापाबाट त्रिभुवन विमानस्थल ल्याएको र विमानस्थलबाट सिधै लिङ्देनलाई ललितपुरस्थित मेडिसिटी अस्पताल लगिएको राप्रपा केन्द्रीय सदस्य एवम् प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयो । लिङ्देनको दुबै फोक्सोमा निमोनिया संक्रमण रहेको झापा विर्तामोडस्थित बिएन्डसी अस्पतालले जनाएको छ ।
झापा क्षेत्र नम्बर ३ का सांसद लिङ्देन बिहीबार श्वासप्रश्वासमा समस्या आएपछि बिएन्डसी अस्पताल भर्ना गरिएको थियो । बिएन्डसी अस्पतालका जनसम्पर्क प्रमुख प्रमिश गिरीका अनुसार लिङ्देनलाई दुबै फोक्सोमा निमोनिया संक्रमण रहेकोले थप उपचारका लागि काठमाडौं पठाइएको हो ।
लिङ्देनलाई बिएन्डसीको आइसियूमा राखेर उपचार थालिएको थियो। ‘उहाँको दुवै फोक्सोमा निमोनिया संक्रमण छ,’ चिकित्सकलाई उद्धृत गर्दै गिरीले भन्नुभयो । लिङ्देनलाई कोरोना संक्रमणको आशंका छ । उनको स्वाब संकलन गरी पठाइसकिएको भए पनि रिपोर्ट आइनसकेको छैन।

शुक्रबार, २६ मंसिर, २०७७, बिहानको ०९:५८ बजे

सम्बन्धित खवर