प्रदेश १ मा आज ७७ जना कोरोना संक्रमित थपिए

मंसिर २६ झापा / प्रदेश १ मा आज ७७ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा २८, झापामा २२, सुनसरीमा १४, संखुवासभामा ३, धनकुटामा २, खोटाङ, इलाम र ओखलढुङ्गामा १-१ र प्रदेश १ बाहिरका ५ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरंगको विराटनगरमा १५, रतुवामाईमा ५, कानेपोखरीमा २, रंगेली, कटहरी, बेलबारी, सुन्दरहरैचा, ग्रामथान र पथरीशनिश्चरेमा १-१, झापाको मेचीनगर र विर्तामोडमा ५-५, गौरादहमा ४, अर्जुनधारा, शिवसताक्षी र दमकमा २-२, बुद्धशान्ति र भद्रपुरमा १-१, सुनसरीको इटहरीमा ७, धरानमा ६, इनरुवामा १, संखुवासभाको खाँदबारीमा २, धर्मदेवीमा १, धनकुटामा २, खोटाङको दिप्रुङ चुईचुम्मामा १, इलाममा १ र ओखलढुङ्गाको चिशंखुगढीमा १ र प्रदेश १ बाहिरका ५ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

हालसम्म १ लाख ९९ हजार ७१६ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कारोना संक्रमितको संख्या २८ हजार ७५४ पुगेको छ । प्रदेश १ मा ८६ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट ८१ र विराट मेडिकल कलेजबाट ५ जना रहेका छन् ।

हालसम्म डिस्चार्ज हुनेका संख्या २३ हजार ५३७ पुगेको छ । प्रदेश १ मा आज ५५७ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये महिला २६ र ५१ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो ।

शुक्रबार, २६ मंसिर, २०७७, साँझको ०५:२७ बजे

सम्बन्धित खवर