विश्वभर एकै दिन २७ लाख बढी कोरोना संक्रमित थपिए

 २८ पुस, काठमाडौँ / विश्वभर हालसम्मकै सर्वाधिक कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा २७ लाख ११ हजार ७०६ जना कोरोना संक्रमित फेला परेका हुन् ।

थपिनेमा अमेरिकामा ६ लाख २५ हजार, फ्रान्समा ३ लाख ६८ हजार, इटलीमा २ लाख २० हजार, स्पेनमा एक लाख ३५ हजार, अर्जेन्टिनामा एक लाख ३४ हजार र बेलायतमा एक लाख २० हजार जना छन् ।

यही अवधिमा ९ लाख २३ हजार जना कोरोनामुक्त भएका छन् भने ७ हजार ७५८ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा अमेरिकाका २ हजार १०७, रुसका ७८३, बेलायतमा ३७९, फ्रान्समा ३४१, इटलीमा २९४ र टर्कीमा १३७ जना छन् ।

बुधबार, २८ पुष, २०७८, बिहानको ०८:४८ बजे

सम्बन्धित खवर