बालकको मृत्यु पछि दमकको एड्भान्स अस्पताल तोडफोड

  दमक / चिकित्सकको गलत उपचारका कारण आफनो नाबालक शिशुको मृत्यु भएको भन्दै मंगलवार साँझ दमकको एड्भान्स मल्टिस्पेशियालिटी हस्पिटलमा एक समूहले तोडफोड गरेको छ ।
साता अघि बिरामी भएर उपचारका लागि ल्याइएका इलाम, चुलाचुलीका डेढ महिनाका एक शिशुको उपचारमा अस्पतालको त्रुटीका कारण धरानमा मृत्यु भएपछि आक्रोशित समूहले अस्पतालमा तोडफोड गरेको हो ।
तोडफोडका कारण अस्पतालको महत्वपूर्ण भागहरुमा क्षति पुगेको प्रहरीले जनाएको छ । शिशुका आफन्तहरुले दोषी चिकित्सकलाई कारवाही गर्न माग राख्दै प्रर्दशनमा उत्रिएपछि अस्पताल तनावग्रस्त बन्न पुगेको थियो ।

बुधबार, २८ पुष, २०७८, बिहानको ०९:१२ बजे

सम्बन्धित खवर