लोकगायक जोशीलाई पुत्र शोक

दमक,२८पुस / दमक -१ फाल्गुनन्द चौंक निवासी वरिष्ठ लोकगायक एलपी जोशीलाई पुत्रशोक परेको छ । उहाँका ४७ बर्षिय कान्छा सुपुत्र पुजन जोशीको आज विहान काठमाण्डौंस्थित बाँसबारी न्यूरो हस्पिटलमा उपचारका क्रममा निधन भएको हो ।
नेपाली कांग्रेस दमकका नगर सदस्य समेत रहेका स्व. जोशी एक साता अघि मस्तिष्कघात भई उपचारत थिए ।  जोशी दमक युथ क्लब का सल्लाहकार पनि हुन् । स्व. जोशीका श्रीमती राधिका र एक छोरी रहेका छन् ।
स्व. जोशीको पार्थिक शरीर आज बेलुका दमक ल्याई दाहसस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।

बुधबार, २८ पुष, २०७८, दिउँसोको १२:२३ बजे

सम्बन्धित खवर