गौरादहमा लिम्बुवान भोलेन्टियर्सको मार्चपास हुँदै

फाल्गुन ५ मा लिम्बुवान भोलेन्टियर्सको जनप्रदर्शन,  झापा, इलाम र मोरङका कार्यकर्ताहरुको सहभागीता रहने 

३० माघ, झापा गौरादह/ संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान मञ्च, नेपाल मातहतको लिम्बुवान भोलेन्टियर्सले झापाको गौरादहमा बृहत जनप्रदर्शन गर्ने बताएको छ ।

१०औं हजार लिम्बुवान भोलेन्टियर्सको मार्चपास सहित ओली सरकारको प्रतिगमनको विरुद्ध फाल्गुन ५ गते जनप्रदर्शन गर्न लागेको मञ्चका केन्द्रीय सचिव तथा लिम्बुवान भोलेन्टियर्सका प्रवक्ता राजु राईले बताए ।

कार्यक्रममा झापा, इलाम र मोरङका कार्यकर्ताहरुको सहभागीता रहने जनाइएको छ । ओलीको कदम असंवैधानिक र प्रतिगमनकारी भएको हुँदा जनताको बलमा स्थापना भएको संघीयता, लोकतन्त्र, गणतन्त्र र धर्मनिरपेक्षता खतरामा प्रवक्ता राईले बताए । यस्तो गलत कदमको विरुद्ध लिम्बुवान भोलेन्टियर्सले जनप्रदर्शन गर्न लागेको हो – उनले भने ।

सो खबरदारी सभालाई मञ्चका अध्यक्ष कुमार लिङदेन मिराकले सम्बोधन गर्ने जनाइएको छ । त्यसैगरी अन्य केन्द्रीय नेताहरुले समेत सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

चीनको लगानीमा बन्ने भनेर झापाको दमक र गौरादहको सिमानामा रहेको हजारौं विगाह जमिनलाई सरकारले अधिग्रहण गरी अवैज्ञानिक ढंगले मुअब्जा वितरण गरेको प्रति भोलेन्टियर्सले ध्यानाकर्षण गर्ने जनाएको छ । सरकारले उचित मुअब्जा वितरण नगरे कडा अान्दाेलन गर्ने भाेलेन्टियर्सले चेतावनी दिएकाे छ ।

क्लिन पार्क नामकरण दिइएको सो क्षेत्रका धेरै जग्गाधनीहरु आफूहरु मारमा परेको गुनासो गरिरहेकाे मञ्चका उपमहासचिव भानु भट्टराईले बताए । उनले सरकारले जग्गाको सही मूल्यांकन गरी जग्गाधनीहरुलाई उच्चित मुअब्जा वितरण गर्नुपर्नेमा जोड दिएका छन् ।

शुक्रबार, ३० माघ, २०७७, बिहानको ०९:३० बजे

सम्बन्धित खवर