युवा ब्यावसायी चन्द्र खत्री दमक जेसिसको सल्लाहकारमा मनोनीत

बैकल्पिक खवर

दमक / दमक जेसीज बर्ष २०१८ का अध्यक्ष चन्द्र खत्री नेपाल जेसीजको सल्लाहकारमा मनोनित भएका छन् । दमक ८ निवासी युवा व्यक्तित्व खत्रीलाई नेपाल जेसीजले जेसीज अभियानमा कुशल नेतृत्व तथा सवल व्यक्तित्व विकासमा महत्वपूर्ण योगदान पुरयाएको तथा जेसीज अभियानलाई उच्च स्थानमा पुरयाँउन समेत योगदानको अपेक्षा गरि विधान अनुसार सल्लाहकारमा मनोनित गरेको नेपाल जेसीजले जनाएको छ ।


नेपाल जेसीजले बर्षेनी जेसीज अभियानको क्रममा विशिष्ट योगदान पुरयाँउनेहरुको छनौट गरि एडभाइजर बोर्ड गठन गर्ने गरिआएको छ । नेपाल जेसीजका बर्ष २०२१ का अध्यक्ष अरुणेश्वर खनालले खत्रीलाई बोर्डमा मनोनित गरेको जनाईएको छ । बोर्डमा मनोनित भएपछि खत्रीले जेसीज अभियानलाई सार्थक उपलव्धि मूलक बनाउन आफूले काम गर्ने प्रतिवद्धता जनाएका छन् । खत्री जेसीजसंगै दमक उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य ,दमक ८ स्थित एलाईड बोर्डिङ स्कुलका सञ्चालकतथा विभिन्न सामाजिक कार्यमा सक्रिय रहिआएका छन्

शुक्रबार, ३० माघ, २०७७, बिहानको ११:२७ बजे

सम्बन्धित खवर