वराह ज्वेलरीको अनबरत र सफल यात्रा

 

६० हजारदेखि खर्बसम्मको व्यवसायिक यात्रा


२०५२ साल भदौ ५ गते आइतवारबाट शुरु भएको बराहको यात्रा आजसम्म अनबरत छ । ३ जना कर्मचारीबाट सुरु भएको बराह ज्वेलरी हाल धरान शाखाका रुपमा भानुचोकमा सञ्चालित छ । यस शाखाको नेतृत्व सञ्चालक मानबहादुर दियालीले गरिरहेका छन् । जसमा ५ सय हाराहारीम कर्मचारी कार्यरत छन् । ४ हजारभन्दा बढीलाई अप्रत्यक्ष रोजगारी दिइरहेको छ । अर्ब हाराहारी लगानी पुगेको छ । नेपालका अधिकांश व्यापारिक शहर र मुख्य विश्वबजारमा समेत यसका शाखाहरु खुलेका छन् । खुल्ने क्रम जारी छ ।
बराहले यति धेरै उचाइ लिनुसम्म ग्राहकहरुको विश्वास र माया पाउनुको कारण संस्थापक इन्द्रकुमार लामिछानेको भिजन र मिहनेत नै हो भन्छन् धरान प्रमुख दियाली । उनका अनुसार लामिछाने अत्यन्तै जागरुक, व्यवसायिक योजनाकार अभिभावक थिए । लामिछानेकै ‘मास्टरमाइन्ड पोलिसी’ अनुसार एउटा सटरको बराह नेपालका अतिरिक्त हङकङ, युके र चीनसम्म पुगेको छ । जर्मन र दुबईमा सम्पर्क कार्यालय स्थापनाको क्रममा छन् । काठमाडौंको न्युरोडमा केन्द्रीय कार्यालयका अतिरिक्त पोखरा र चितवनमा शाखा सञ्चालित छन् । २०६५ मा युके र २०६९ मा हङकङ र चीन शाखा सुरु भएका हुन् ।
चीनको गोन्जाओमा शाखा स्थापना गरेर फर्कने क्रममा बराहका परिकल्पनाकार लामिछानेको हङकङमा २०६९ मा असामयिक निधन भएपछि इन्डस्ट्रिजलाई अपूरणीय झड्का लाग्यो तर दियाली लगायतको टिम यो शोकमा डगमगाएनन् । लामिछानेको सपना पूरा गरी ग्राहकहरुको विश्वास जोगाउन थप जिम्मेवारीका साथ लागि परे । यो अकल्पनीय शोककै बीच व्यवसायको अभिभावकत्व अध्यक्षका रुपमा लामिछानेकी श्रीमती विष्णुमायाले सम्हालिन् । छोरा शिवले निर्देशकको जिम्मेवारी सम्हाल्दै आएका छन् ।
परम्परागत सुनचाँदी पेशाबाट सुरु भएको व्यवसाय हाल एक व्यवसायिक प्रतिष्ठानका रुपमा विकास भएको छ । ज्वेलरीबाट सुरु भएको धरान शाखाले हाल बहुउद्देश्यीय सेवा प्रवाह गरिरहेको छ । चार तले आफ्नै भवनबाट बराह डिपार्टमेन्ट स्टोर, वराह किचन र बराह बचत तथा ऋण सहकारी सञ्चालित छन् । स्टोरमा खाद्यान्न लगायत सबै दैनिक उपभोग्य बस्तु एकैठाउँ पाइन्छ । सहकारीमार्फत् साना पुँजी र व्यवसायीहरुलाई पनि समेटेको छ । ‘नुनदेखि सुनसम्म धरानदेखि काठमाडौं पोखरा, हङकङ हुँदै युकेसम्म’ भन्ने व्यवसायिक नारासहित बराहले ग्राहकहरुको आवश्यकता पूर्ति गर्दै आएको छ ।
धरान शाखाबाट हाल बराह बचत तथा ऋण सहकारी, रेमिट्यान्स, ट्राभल एन्ड टुर्स, एम्बुलेन्स, उत्पादन कारखाना, होम डेलिभरी, खानाखाजा, खानेपानी, ज्वेलरी, बससेवा, वराह बाल संसार, बराह कृषिउपज तथा पशुपालन प्रालि. लगायत सञ्चालित छन् । काठमाडौंमा क्रिपा दृश्य डिजिटल रेकर्डिङ स्टुडियो र इन्द्रबराह गहना संग्रहालय सञ्चालित छन् । एउटा व्यक्ति र समाजका सबै आवश्यकताहरु पूर्ति गर्ने हिसाबले बराहले सबै शाखाहरुवाट सेवा दिइरहेको छ । विदेशसहितका शाखाहरुमा गरी लगानी खर्ब नाघिसकेको छ ।
दियाली भन्छन्– ‘युवा विदेश पलायन रोकी छरिएको स्वेदशी पुँजीलाई एकीकृत गर्ने र स्थानीय उत्पादनलाई स्वदेश र विदेशमा स्थापित गरी मुलुकको अर्थतन्त्रमा टेवा दिने बराहको उद्देश्य हो ।’

नाफा ग्राहकलाई नै फिर्ता गर्ने व्यवसाय


अन्य व्यवसायिक प्रतिष्ठानभन्दा बराहको विशिष्टता नै नाफामुखी नभई ग्राहक र समाजमुखी सेवामुलक व्यवसाय हो । वार्षिक कुल नाफाको ८ देखि १० प्रतिशत विभिन्न कार्यक्रममार्फत ग्राहकलाई नै फिर्ता गर्ने गरेको छ जुन एक उदार व्यवसायिक संस्कार हो । यसबाहेक सामाजिक उत्तरदायित्वको बोध गरी बराहले थुप्रै समाजिक सेवामा लगानी गर्दै आएको छ ।
पर्यटनलाई टेवा दिने उद्देश्यले नेपालकै एक प्रमुख पर्यटकीय क्षेत्र भेडेटारमा स्वागतद्वार निर्माण, धार्मिक क्षेत्रलाई टेवा दिने उद्देश्यले धरानको तीनकुनेमा शनिमन्दिर र इन्द्रकुमार लामिछानेको प्रतिमा निर्माणबाहेक शिक्षा, खेलकुद र सांस्कृतिक क्षेत्रमा पनि लगानी गरेको छ । धरानको खानेपानी अभावलाई मध्यनजर गरी खानेपानी सेवालाई दिर्घकालिन बनाउन लगानी गरेको छ ।
ग्राहक परिचयपत्रको व्यवस्था गरी वार्षिक धेरै रकमको सामान खरिद गर्ने ग्राहकलाई आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ । नेपाल पत्रकार महासंघ सुनसरीको भवन निर्माणका लागि १० लाख रुपैयाँ नगद सहयोग गरेको छ ।
आर्थिक अवस्था कमजोर भई शिक्षाबाट वञ्चित शेयर सदस्य वा नियमित ग्राहकका छोराछोरीलाई शिक्षाको व्यवस्था गरेको छ । कार्यरत कर्मचारीलाई अवकाशपछि पनि लाभ होस् भन्ने उद्देश्य लिई कर्मचारीलाई ३ देखि ५ लाख रुपैयाँसम्मको करिब ३ करोड रुपैयाँको विमा गरेको छ ।
बराह स्थापना दिवस र अन्य आवश्यक परेका बेला रक्तदान आयोजना गरी स्वास्थ्य संस्थाहरुलाई सहयोग गरिरहेको छ । ‘नुनदेखि सुनसम्म धरानदेखि काठमाडौं पोखरा, हङकङ हुँदै युकेसम्म’ भन्ने व्यवसायिक नारासहित बराहले ग्राहकहरुको आवश्यकता पूर्ति गर्दै आएको छ ।

भावी योजना, विश्व बजारमा बराह ब्राण्ड


शाखा प्रमुख दियालीले बराहलाई स्थानीय उत्पादनको ‘प्रोडक्सन हाउस’को रुपमा स्थापित गरी बराह ब्राण्डलाई विश्व बजारमा पुर्यायउने योजना रहेको बताए । विशेष गरी सुनचाँदी, पत्थर व्यवसायमा उत्पादनलाई गुणस्तर प्रमाणित स्तरमा उत्पादन गरी छुट्टै ब्राण्ड स्थापना गर्ने उनको योजना छ ।
यसअघि धरान काठमाडौं रुटमा आधा दर्जन बस सेवा सञ्चालनमा रहेकोमा यात्रुहरुलाई आगामी दिनमा थप सेवा दिने, विदेशबाट धरान आउने र जाने यात्रुहरुलाई छुट्टै टोयोटा कार सञ्चालनमा ल्याउने, होम डेलिभरीलाई थप व्यवस्थित गर्ने, ग्राहकको रुचि, शुद्धता र गुणस्तरमा थप बृद्धि गर्ने, पैसा नबोकी बराह छिरेका ग्राहकले सहकारीको खाता, अन्य बैँकको खाता वा स्वीफ्ट कार्डका आधारमा सामान खरिद गर्ने व्यवस्था गर्ने, आइटीको व्यवस्था गरेर विदेश शाखाहरुमा चौबीसै घण्टा सेवा दिने योजना रहेको शाखा प्रमुख तथा सञ्चालक दियाली बताउँछन् । बराह ग्राहक र शुभचिन्तकहरुको हौसला, सहयोग र विश्वासले नै अघि बढेकाले आगामी दिनमा पनि शुभचिन्तकहरुको सल्लाह सुझावअनुसार नै सेवाहरु विस्तार गरिने सञ्चालक तथा धरान शाखा प्रमुख मानबहादुर दियालीले बताए ।

मङ्गलबार, २८ फागुन, २०७५, बिहानको ०८:३३ बजे

सम्बन्धित खवर