नेपालमा संक्रमितको संख्या १२ पुग्यो लकडाउन तत्काल नहटने संकेत

दमक / नेपालमा कोरोना संक्रममितको संख्या १२ पुगेको छ । हिजो पर्साको वीरगञ्जमा तीन जना भारतीय नागरिकमा कोरोना संक्रमण पुष्टि भएको सँगै संक्रममित हुनेको संख्या १२ पुगेको हो । स्वास्थ्य मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा उनीहरुको नमुना परीक्षण गर्दा कोरोना संक्रमण पोजेटिभ देखिएको हो ।

वीरगञ्जबाट नमुना संकलन गरी हेटौंडास्थित प्रयोगशालामा परीक्षण गर्दा उनीहरुको रिपोर्ट पोजेटिभ आएको थियो । त्यसपछि पुनः जाँचका लागि राष्ट्रिय प्रयोगशालामा पठाइएको थियो । संक्रमण पुष्टि भएकामध्ये २ जना उत्तरप्रदेश र एक जना दिल्लीमा बस्दै आएका थिए । उनीहरु १३ दिनदेखि वीरगञ्ज–२ छपकैयास्थित जामे मस्जिदमा आएको स्थानीयले बताएका छन् ।

हालसम्म नेपालमा सरकारले दिएको जानकारी अनुसार १२ जनामा कोरोना संक्रमण देखिएको छ । एकजना संक्रमित उपचारपछि निको भएर घर फर्केका छन् भने ११ जना उपचाररत नै रहेका छन्

यसैबिच सरकारले चैत्र ११ गतेदेखी गरेकोे लकडाउनलाई अझै निरन्तरता दिने तयारी गरेकोे छ । प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो सातै प्रदेशका मूख्यमन्त्रीहरु सँगको भिडीयो कोन्फरेन्समा तत्काल लकडाउन नहट्ने बताएका हुन । छिमेकी मुलुक भारतमा संक्रमणको महामारी दैनिक बढीरहेको भन्दै प्रधानमन्त्री ओलीले लकडाउन जारीराख्नु पर्ने जानाएका हुन । प्रधानमन्त्री ओलीले सबै प्रदेशका मुख्यमन्त्रीहरुलाई सीमानाकामा ध्यानदिन निर्देशन दिएको प्रेससल्हाकार सूर्य थापाले जानकारी दिए ।

आइतबार, ३० चैत, २०७६, दिउँसोको ०१:४० बजे

सम्बन्धित खवर