कोरोना संक्रमितको संख्या १९१ पुग्यो

काठमाडौं / सरकारले पिसिआर विधि बाट परीक्षणको दायरा बढाए सँगै कोरोना संक्रमितको संख्या दैनिक बढ्दै गईरहेको छ ।आज मङ्गलवार मात्रै नेपालमा थप ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना बाट संक्रमितको संख्या १९१ पुगेको छ । देशका बिभिन्न ठाउँबाट संकलन गरिएको स्वाब परीक्षण गर्दा थप ५७ जनामा कोरोना पुस्टी भएको र ति सबैको परीक्षण केन्द्रीय प्रयोगशाला काठमाडौंमा गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज कपिलवस्तुमा ८ जना रुपन्देहीमा ९ जना ,पर्सामा ३९ र बारामा १ जना गरी जम्मा ५७ जना लाई कोरोना पुष्टि भएको हो । संक्रमित सबै पुरुष भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार यी सबैको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा परीक्षण गरिएको हो। योसँगै मङ्गलवार एकैदिन ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।पछिल्लो अपटेडमा संक्रमितको संख्या १९१ पुगेको छ । उनीहरुमध्ये ३३ जना उपचारपछि घर फर्किएका छन ।

मङ्गलबार, ३० बैशाख, २०७७, दिउँसोको ०१:४९ बजे

सम्बन्धित खवर