थप सत्रमा संक्रमण : जम्मा संक्रमितको संख्या २०८ पुग्यो

काठमाडौं, / नेपालमा थप १७ जनामा काेराेना भाइरस काे संक्रमण पुष्टि भएकाे छ । यसअघि आजै दिउँसाे काठमाडाैं उपत्यकाबाहिरका ५७ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे थियाे । याेसँगै नेपालमा काेराेना संक्रमितकाे संख्या २ सय ८ पुगेकाे छ ।

हालसम्म उदयपुरमा ३२, पर्सामा ६४, बाँकेमा २४, कपिलवस्तुमा २९, रुपन्देहीमा १६, काठमाडौंमा ५, कैलालीमा ४, रौतहट र बारामा ३–३ तथा बागलुङ, चितवन र झापामा २र२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसैगरी, भोजपुर, सर्लाही, सप्तरी, बर्दिया र कञ्चनपुरमा एकरएक जनामा संक्रमण पुष्टि भएको छ ।

पछिल्लाे पटक थपिएका १७ जना कुन-कुन जिल्लाका हुन् भन्ने जानकारी आइसकेकाे छैन । स्वास्थ्य मन्त्रालय स्राेतका अनुसार सबै जानकारी आएपछि केहीबेरमा पूर्ण विवरण सार्वजनिक गर्ने तयारी भइरहेकाे छ ।

मङ्गलबार, ३० बैशाख, २०७७, साँझको ०७:०२ बजे

सम्बन्धित खवर