को को हुन् मधेशका धोकेवाज ?

काठमाडौँ/  जनता समाजवादी पार्टी (जसपा) का राष्ट्रिय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले जसपाका ठाकुर– महतो पक्ष सरकारमा सहभागी भएर मधेश आन्दोलनलाई धोका दिएको टिप्पणी गरेका छन् ।

सभामुख अग्नि सापकोटाले शुक्रबार आयोजना गरेको सर्वदलीय छलफलपछि पत्रकारसँग भट्टराईले केही मान्छेहरुले गलत बाटो लिएको बताएका हुन् । उनले अझै पनि जसपा मूल रुपमा एक ढिक्का रहेको दाबी गरे ।

‘ केही मान्छेहरुले गलत बाटो लिए, त्यो दुर्भाग्यपूर्ण छ । तर पनि जसपा मूल रुपमा एक ढिक्का नै छ । केही मानिसहरु पलायन भएर गएका हुन् ।’ उनले भने, ‘उहाँहरुले विस्तारै बुझ्नु हुनेछ । त्यसले मधेश आन्दोलनलाई पनि धोका दिन्छ । उहाँहरुको राजनीतिक जीवनलाई पनि कलंकित गर्छ ।

उनले मधेशका धोकेवाज को को हुन भन्ने प्रश्नको जवाफमा भने असंबैधानिक ओली सरकारका समर्थक नै मधेश आन्दोलनका धोकेवाज भएको बताए ।

शनिबार, २९ जेठ, २०७८, बिहानको ०९:१६ बजे

सम्बन्धित खवर