बहुमत किर्ते हस्ताक्षरआयोगमा बुझाउने ठाकुर – महतोको तयारी

बैकल्पिक खवर

जनता समाजवादी पार्टी(जसपा)का महन्थ ठाकुर–राजेन्द्र महतो समुह र उपेन्द्र यादव समुहका लागि शनिवार र आइतवार निर्णायक रहनेछ । ठाकुर, महतो, लक्ष्मण लाल कर्ण र सर्वेन्द्र शुक्ललाई पार्टीबाट निष्कासन गरेको यादव समुहले निर्वाचन आयोगमा दर्ता गराएको बहुमत सहितको निर्णयलाई चुनौती दिन ठाकुर–महतो समुहले पाएको सात दिने समयको अन्तिम दुई दिन बाँकी रहेको छ ।

ठाकुर–महतो समुहले यादवलाई पार्टीबाट निष्कासन गरेको बहुमतको निर्णय निर्वाचन आयोगमा शुक्रवार सम्म बुझाउन सकेको छैन् ।तर उनीहरुले शुक्रवार रातीदेखि नै जसपा कार्यकारिणी समितिका सदस्यहरुको हस्ताक्षर गराउन सबै ताकत लगाएका छन् । उनीहरुले तत्काल निर्वाचन आयोगलाई अल्झाउन बहुमतको किर्ते हस्ताक्षर भएपनि बुझाउने तयारी गरेका छन । कुनैपनि समितीमा बहुमत जुटाउन नसकेपछि सो समुहले तत्काल आयोग लाई अल्मल्याउन कै लागी भएपनि बहुमत कार्यकारी समिती सदस्यहरुको हस्ताक्षर किर्ते गरेर भएपनि बुझाउने रणनीति लिएको हो । ठाकुर निकट एक सदस्यका अनुसार आयोगको निर्णयलाई अल्झाउन किर्ते भएपनि बहुमत सदस्यको हस्ताक्षर सहितको माइन्युट बुझाउने तयारी भइसकेको छ ।
त्यस्तै गरि ठाकुर समुहले केन्द्रिय समितीमा पनि बहुमत पुर्याउन ठुलो कसरत गरिरहेको छ । केन्द्रिय समितिमा बहुमत जुटाउन साबिक समाजवादी तर्फका केन्द्रिय सदस्यहरु लाई विभिन्न राजनीतिक नियुक्तको प्रलोभन देखाउने गरेको एक केन्द्रिय सदस्यले वताए । खासगरि साबिक लिम्बुवान आएका र साबिक संघीय समाजवादी बाट आएका केन्द्रिय सदस्यहरु संग ठाकुर समुहले निरन्तर छलफल गरिरहेको छ । विभिन्न निकायमा राजनैतिक नियुक्ति देखि मन्त्रीहरुको सचिवालयमा राख्ने प्रस्ताव आउन थालेपछि केही केन्द्रिय सदस्यहरु लकडाउन प्रवाह समेत नगरी काठमाडौं पुगेका छन । केही केही त राजदूतको लागि लबिङमा समेत रहेको समाजिक संजालमा बाहिर आइरहेको छ । खास गरि बरिस्ठ नेता अशोक राई र लिम्बुवान राष्ट्रिय समिती अध्यक्ष खगेन्द्र माखिम निकट केन्द्रिय सदस्यहरु बार्गेनिङमा रहेको झापा बाट केन्द्रीय समितीमा प्रतिनिधित्व गर्ने साबिक राजपाका एक नेताले बताए। उनिहरु संग केन्द्रिय कार्यकारी समिती सदस्य केशव झाले छलफल गरिरहेका छन ।                           

‘कार्यकारिणी समितिका सदस्यहरुलाई प्रभावित गर्न प्रधानमन्त्री केपी शर्मा ओली समेत कयौं शक्ति केन्द्रहरु सकृय छन्’ एकजना सदस्यले भने, राजकिसोर यादवलाई प्रधानमन्त्रीले मन्त्री बनाउनुको कारणपनि त्यै हो । यादवले उक्त समुहबाट बिद्रोहको तयारी गरिरहेका थिए ।

श्रोतका अनुसार तराई मधेशका कार्यकारिणी समिति सदस्यहरु हल्लिने संभावना कमजोर देखेपछि सो समुहले साबिक नयाँ शक्ति बाट कार्यकारी समितीमा प्रतिनिधित्व गर्ने केहि नेताहरु संग समेत सम्पर्क बढाएको थियो ।तर उनीहरुले ठाकुर – महतोको प्रस्ताव सिधै अस्विकार गरेपछि आर्थिक प्रलोभनको प्रस्ताव समेत गरेको थियो । तर भट्टराई समर्थित ती नेताहरुले सो प्रस्ताव पनि अस्विकार गरेका थिए । भट्टराई समर्थित नेतासंग भने राजेन्द्र महतो आफैले कुरा गरेको बुझिएको छ । ठाकुर – महतोपक्ष साबिक राजपा ब्युताउने तयारीमा रहेपनि त्यसका लागि आगमी असार २२ गतेसम्म पर्खनु पर्ने हुन्छ । सो भन्दा अगाडि नै आयोगले फैसला गर्ने भएपछि सो समूह समस्यामा परेको छ । श्रोतका अनुसार जे जे गरेर भएपनि आयोग लाई असार २२ सम्म रोक्ने रणनीतिमा उनिहरुरहेका छन । आइतवार सम्म ठाकुर– महतो समुहले आयोगमा बहुमत सदस्यहरुको हस्ताक्षर बुझाउन नसके यादव समुहले गरेको निष्कासनको कार्वाही सदर हुनेछ ।

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले महन्थ ठाकुरले कार्वाही गरेको निर्णयको प्रतिलिपि शुक्रवार सम्म नआएको बताए ।उनले मागेको समय आइतवार सम्म रहेकाले त्यो दिन बुझाउन सक्ने प्रवक्ता श्रेष्ठले जनाए ।
ठाकुर समुहले यादवलाई निष्कासन गरेको बहुमतको निर्णय आयोगमा प्रस्तुत गर्न नसके यादव समुहले बहुमत सहित गरेको निर्णयलाई नै मान्यता दिइनेछ ।यसो भए जसपाबाट ठाकुर, महतो, कर्ण र शुक्ल बाहिरिने छ ।

शनिबार, २९ जेठ, २०७८, बिहानको ११:३३ बजे

सम्बन्धित खवर