आफ्नै सांसदहरुको बिद्रोह गर्ने चेतावनी पछि विघटन हुन बाट जोगियो गण्डकी प्रदेशसभा , मुख्यमन्त्रीमा कृष्णचन्द्र नियुक्त

बैकल्पिक खवर

आफ्नै पार्टीका साम्सदहरुले कडा चेतावनी दिएपछि गण्डकी प्रदेशसभा विघटन हुनबाट जोगिएको छ । विघटन गर्ने अन्तिम तयरी गरिएपछि एमाले बाट प्रतिनिधित्व गर्ने साम्सदहरुले प्रदेशसभा विघटन गरिए पार्टी बाटै बिद्रोह गर्ने चेतावनी दिएका थिए । यो सङै तत्काललाई प्रदेशसभा विघटनको कदम रोकियो भने गण्डगी प्रदेशले नयाँ मुख्यमन्त्री पाएको छ । मुख्यमन्त्रीमा विपक्षी गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई नियुक्त भएका छन् ।

गण्डकीमा संसद विघटन भए विद्रोह गर्ने एमाले सांसदले चेतावनी दिएपछि उनलाई मुख्यमन्त्रीमा नियुक्त गरिएको हो । एमालेका सांसद रोशन गाहामगर, महेन्द्र थकाली र इन्द्रलाल सापकोटाले संसद विघटन भए विद्रोह गर्ने चेतावनी दिएका थिए । शनिबार प्रदेश प्रमुख सीता पौडेलले उनलाई संविधानको धारा १६८ (५) अनुसार मुख्यमन्त्री नियुक्त गरेका हुन् । उनले शुक्रबार ३१ सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी गरेका थिए । अब नेपालीले आगामी ३० दिनभित्र बिश्वासको मत लिनुपर्ने छ ।

यसअघि प्रदेश प्रमुख पौडलले सरकार गठनको समय सकिए पनि मुख्यमन्त्री नियुक्त नगरेको भन्दै विपक्षी गठबन्धका सांसदहरूले उनको निवास अगाडि धर्ना दिएका थिए । प्रदेश प्रमुख पौडेलले २४ घन्टा समय दिएर शुक्रबार संविधानको १६८ (५) अनुसार सरकार गठनको आह्वान गरेकी थिइन् ।

यसैबीचमा मुख्यमन्त्रीमा पुनः पृथ्वीसुब्बा गुरुङले पनि दाबी पेस गरेका थिए । उनले राष्ट्रिय जनमोर्चाका कृष्ण थापा र जसपाका सांसदको समर्थन रहेको भन्दै मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए ।

शनिबार, २९ जेठ, २०७८, साँझको ०६:१३ बजे

सम्बन्धित खवर