पत्रकार सञ्जालको लोगो र विधान तयार, कार्यालय उद्घाटनको तयारी

  दमक,२९ जेठ / दमकलाई बेस बनाएर कार्यरत झापाको माईपश्चिमका  सक्रिय पत्रकारहरुको साझा संस्था सक्रिय पत्रकार सञ्जाल, दमक झापाले संस्था दर्ता प्रक्रिया अघि बढाउने भएको छ ।

सञ्जालको आइतबार बसेको पहिलो बैठकले सचिव चिरञ्जीवी घिमिरे संयोजकत्वमा बनेको विधान तयारी समितिले तयार गरेको विधान अनुमोदन गरेको छ । विधान मस्यौदालाई अनुमोदन गरेसँगै दर्ता प्रक्रिया अघि बढाएको सञ्जालका अध्यक्ष गिरिराज भट्टराईले जानकारी दिए ।

समितिले जिल्ला प्रशासनमा संस्था दर्ताका लागि अध्यक्ष भट्टराई र सचिव घिमिरेलाई अख्तियारी दिने निर्णय भएको छ ।
यस्तै, सञ्जालले कार्यालय सञ्चालन गर्नेसमेत निर्णय गरेको छ । समितिले लोगो तयार गरिसकेको छ भने दमक–८ मा कार्यालय सञ्चालन हुने सञ्जालका कोषाध्यक्ष विष्णु पौडेलले जानकारी दिए । असार १ गते कार्यालय उद्घाटन गर्ने तयारी रहेको उनले बताए ।

बैठकले माइपश्चिम क्षेत्रमा क्रियाशील पत्रकारहरुलाई सञ्जालमा आबद्ध हुन पनि आह्वान गर्ने निर्णय गरेको जनाइएको छ ।

आइतबार, २९ जेठ, २०७९, दिउँसोको ०२:२८ बजे

सम्बन्धित खवर