दमकमा सुदर्शन शाकोसको सेवा केन्द्र उदघाटन

   दमक,२९ जेठ / मोरङको उर्लाबारीमा मुख्य कार्यालय रहेको सुदर्शन बचत तथा ऋण सहकारी संस्थाले आजदेखि दमक- ६ स्थित जेसीज चौकमा नयाँ व्यवस्थापनका साथ सेवा केन्द्र सञ्चालनमा ल्याएको छ ।
मोरङमा उत्कृष्ट सहकारीका रुपमा स्थापित उक्त सहकारीले दमकमा बैद्धिक विधि अनुसार पुजा अर्चना गरि औपचारिक रुपमा सेवा केन्द्र उदघाटन गरिएको संस्थाका कार्यकारी प्रमुख थरेन्द्रराज पौडेलले जानकारी दिए । सेवा केन्द्र उद्घाटनमा संस्थाका अध्यक्ष गोपाल भट्टराई ,सञ्चालक ,शेयर सदस्य,कर्मचारीहरुको उल्लेखीय उपस्थिति रहेको थियो ।
यसअघि संस्थाले मोरङकै पथरी र मधुमल्लामा सेवा केन्द्र सञ्चालनमा ल्याईसकेको छ । वैशाख दोश्रो सातादेखि दमकमा सेवा केन्द्र सञ्चालनमा ल्याएर कारोबार शुरु गरेको भएपनि यसको औपचारिक उदघाटन भने आज गरिएको कार्यकारी प्रमुख पौडेलले जनाए । उनले सदस्यहरुको सुविधालाई मध्यनजर गर्दै सेवा केन्द्र स्थापनासंगै सदस्य केन्द्रीत सेवाहरु प्रदान गरिआएको बताए ।

आइतबार, २९ जेठ, २०७९, दिउँसोको ०४:३५ बजे

सम्बन्धित खवर