अर्धनग्न अवस्थामा एक युवतीको शव फेला

झापा, असार २८/    बिर्तामोडमा एक युवतीको शव फेला परेको छ ।  बिर्तामोड नगरपालिका वडा नम्बर ५ बस्ने २६ बर्षीया सिर्जना बस्नेतको शव आफू बस्ने घर अगाडि सडक किनारमा फेला परेको प्रहरीले जनाएको छ । युवती सृजना वस्नेत अर्धनग्न अवस्थामा मृत फेला परेकी हुन् ।
आज बिहान बाटो हिँड्ने मानिसले बिर्तामोडको सुगम पेट्रोल पम्प उत्तर गणपति बेकरी नजिकै सडक किनारमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

घटनाको बिषयमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख डिएसपी सन्तोष आचार्यको बताए ।

बस्नेत बिर्तामोडस्थित एक सहकारीमा कलेक्टरको काम गर्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

सोमबार, २८ असार, २०७८, बिहानको ०९:१० बजे

सम्बन्धित खवर