क्यान्सर पिडित धिमाललाई लसएञ्जल्सबासी दमकेलीको सहयोग

दमक/ दमक ३ दोघरे निवासी साँस्कृतिकर्मी क्यान्सर पीडित नेत्रकुमारी धिमालको उपचारमा सहयोगका लागि अमेरिकाको लसएञ्जल्स र आसपासका ठाउँमा बसोबास गर्ने दमकेलीहरुले पठाएको एक लाख २१ हजार ९ सय पचासी रुपैयाँ सहयोग हस्तान्तरण भएको छ ।
लसएञ्जल्समा बसोबास गर्ने दमकेलीहरुले निष्कर्ष न्यूज डटकममा प्रकाशित समाचार पढेपछि सोही आधारमा सुदिप पन्तको नेतृत्वमा धिमालको उपचारका लागि सो रकम जुटाएका हुन । यो अभियानमा लसएञ्जल्स दमक सम्पर्क समिति अध्यक्ष शारदा श्रेष्ठको हौसला र प्रेरणा रहेको पन्त बताउँछन् ।
दमक उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष समेत रहेका पन्त करिब डेढ दशक अघिदेखि अमेरिकामा बसोबास गर्दै आएका छन् । अमेरिकाको लसएन्जल्समा बसोबास गर्नुहुने दमकेलीहरु १८ जनाले सहयोग स्वरुप पठाएको कुल १ लाख २१ हजार ९ सय ८५ रुपैयाँ मंगलवार नै निष्कर्ष न्युज मार्फत क्यान्सर पीडित दमक ३ दोघरे निवासी नेत्रकुमारी धिमालकी सासू आमा सान्ती धिमाललाई घरमै पुगेर हस्तान्तरण गरिएको हो ।

नेपाल पत्रकार महासंघ प्रदेश एकका कोषाध्यक्ष बिमल लामिछाने र निष्कर्ष न्युजका सम्पादक बिष्णु पौडेलले संयुक्त रूपमा पीडित परिवारलाई सो रकम हस्तान्तरण गरेका थिए । धिमाल जाती बिकास केन्द्रले गठन गरेको नेत्रकुमारी धिमाल उपचार सहयोग समिती संयोजक शान्तीदेवी धिमाल , सदस्य मणिराज धिमालको उपस्थितिमा भएको सहयोग हस्तान्तरणमा उनीहरुले बिरामीलाई पु¥याउनु भएको सहयोगकालागि दाताहरुप्रति धन्यवाद ब्यक्त गरे ।

सहयोगीहरुको नामावली

  • योगेन्द्र श्रेष्ठ -$५५
  • योगेन्द्र बिमली -$५१
  • भरत पोख्रेल -$५१
  • शारदा श्रेष्ठ -$५१
  • सुदिप पन्त -$१०१
  • भक्त श्रेष्ठ -$५१
  • गोमा खनाल मिश्र -$५०
  • रवि सिंह -$५१
  • बेदराज बस्नेत -$५१
  • शिव शाह -$५१
  • सन्जु सापकोटा -$५१
  • बिशाल नेपाल -$६५
  • गोमा खतिवडा -$५१
  • प्रभा मिश्र निरौला -$५१
  • कल्पना पौड्याल नेपाल -$५१
  • उत्तम थापा -$५१
  • मेगेन्द्र श्रेष्ठ -$५१
  • अनुपम निरौला -$५१

 

मङ्गलबार, २८ असार, २०७९, दिउँसोको ०१:३१ बजे

सम्बन्धित खवर