जसपाको आधिकारिकता गुमाएपछि ठाकुर समूह छोड्नथाले कार्यकर्ता :  झापामा ढुंगानाद्वारा राजिनामा

बैकल्पिक खवर

जनता समाजवादी पार्टी नेपालको आधिकारिकता विवादमा ठाकुर समुहले आधिकारिकता गुमाए संगै सो पक्षका नेता , कार्यकर्ताहरुले समूह परित्याग गर्न थालेका छ्न । आधिकारिकता गुमाएसंगै त्यसको असर विभिन्न जिल्लामा देखिन थालेको छ । ठाकुर समुहका जिल्ला स्तर का नेताहरु समूह परित्याग गर्दै स्वतन्त्र बसेको घोषणा गर्न थालेका छन ।                                                                                 
यसैक्रममा साबिक राजपा झापाका सचिब तथा सो समुहका पुराना नेता देबेन्द्र किशोर ढुङ्गानाले पार्टी परित्याग गरेको घोषणा गरेका छन । उनले हिजो एक बिग्यप्ती सार्वजनिक गर्दै आफू जसपा पार्टीको साधारण सदस्य समेत नरहेको घोषणा गरेका हुन ।पछिल्लो समय एकतर्फी रुपमा जसपा घोषणा गर्दा झापा जिल्ला समितिका बरिष्ठ उपाध्यक्ष बनेका ढुंगाना पुराना साहित्यकार तथा पत्रकाकारका रुपमा चिनिन्छन ।उनले एक विज्ञप्तिमा पार्टीको पदीय जिम्मेवारीसहित साधारण सदस्य समेतबाट राजीनामा दिएको जनाएका छन् । उनले आफूले पार्टी संगठनमा एक दशकदेखि आबद्ध रही पार्टी एकीकरण हँुदा समेतको अवस्थामा विभिन्न जिम्मेवारीमा रहेर काम गरेको उल्लेख छ ।                                                 

साथै उनले ‘जसपा नेपाल पार्टी बिभाजन पछि राजनीतिक यात्रा सहज नरहने देखिएको र ठाकुरसमूह भित्रपनि स–साना गुट, समूहको कारण जातीय, साम्प्रदायिक अहंकार र एक पक्षले अर्को पक्षलाई निषेध गर्ने प्रबृति हाबी रहेको बताएका छन । पहिचानवादी राजनीतिको मुद्दालाई आफ्नो स्वार्थ अनुसार प्रयोग र व्याख्या गर्ने प्रवृत्ति सो समुहमा रहेको भन्दै ढुंगानाले आफू त्यस्तो भ्रममा रहने जनाएका छन । साथै उनले आफू त्यस चरित्रको राजनीतिक मूल्य मान्यतामा सहमत नभएको हुँदा पार्टीको साधारण सदस्य समेतबाट राजीनामा दिएको हो बिग्यप्तीमा उल्लेख गरेका छन । साथै उनले आफ्नो पारिवारिक र ब्यक्तिगत स्वास्थ समस्या लाई पनि राजिनामाको कारण बताएका छन ।

बिहिबार, २८ साउन, २०७८, बिहानको ०७:३० बजे

सम्बन्धित खवर