अनुष्का सेन भर्खर १८ वर्षकी भइन्। सानै उमेरमा पनि उनको स्टारडम भने चर्चित बलिउड अभिनेत्रीको भन्दा कम छैन। भारतीय टेलिभिजनकी सबैभन्दा महँगो कलाकार उनी पछिल्लो समय निकै चर्चा बटुलिरहेकी छन्। उनले थुप्रै बाल कार्यक्रमहरूमा पनि काम गरेकी छन्। विशेष गरी ‘बाल वीर’, ‘झाँसी की रानी’, ‘खुब लडी मर्दानी’ लगायतका टेलिचलचित्र कार्यक्रमबाट उनले चर्चा बटुलेकी थिइन्।

अनुष्का अहिले रोहित सेट्टीको स्टन्ट बेस्ड रियालिटी सो ‘केकेके–११’मा काम गरिरहेकी छन्। यस कार्यक्रममा उनले गरेको स्टन्टलाई धेरैले रुचाएका छन्।

Facebook Comments Box