झापामा माओवादी केन्द्रको संगठन विस्तार, १ सय ३१ वडा कमिटि बन्दै

झापा, श्रावण २८ /  नेकपा माओवादी केन्द्र झापाका संयोजक मणिकुमार साम्पाङ (विजय) ले नेकपा माओवादी केन्द्र झापाले संगठन विस्तार अभियानलाई तिब्र पारेको बताएका छन् ।  पार्टीले जिल्लामा वडा कमिटि गठनलाई तिब्र पारेको जानकारी दिए ।  ​हामो पार्टी संगठनमा विश्वास गर्ने पार्टी भएकाले हामी संगठन बनाउन लागेका छौ उनले भने ।
झापामा १ सय ३१ वडा कमिटि गठन हुँदै गरेको उनले बताए । साउन २९ गतेसम्ममा कमिटि गठन गरी सक्ने र ३० गतेको केन्द्रिय वैठकमा संगठनात्मक विवरण प्रस्तुत गर्ने गरी कार्य योजना अघि वढिरहेको उनले जानकारी दिए ।
झापामा वडा कमिटि गठन ७० प्रतिशत गठन भएको छ । अध्यक्ष, सचिवसहित २९ सदस्यीय वडा कमिटि पुनर्गठन हुँदै गरेको साम्पाङको भनाई छ ।
हाल बिर्तामोड, अर्जुनधारा, भद्रपुर, कनकाई,  शिवसताक्षि, हल्दिवारी, मेचीनगर, बुद्धशान्ति, हल्दिवारी, झापालगायत झापाका १५ वटै स्थानीयतहमा कमिटि गठन हुँदै गरेको बताइएको छ । दमकमा यस अघि नै सबै वडामा समिति पुर्नगठन भइसकेका छ । पार्टीको केन्द्रिय निर्देशन अनुसार संगठन विस्तार गरिएको हो ।
सर्वोच्च अदालतको फैसलापछि नेकपाबाट अलग भएर साविककै नेकपा माओवादी केन्द्रले देशभर संगठन विस्तार अभियानलाई तिब्र पार्दै आएको छ । यस अघि बसेको स्थायी समिति बैठकले देशभरका समिति गठन, पुर्नगठन र संगठन विस्तारलाई तिव्रता दिने सर्कुलर जारी गरिसकेको छ ।

बिहिबार, २८ साउन, २०७८, दिउँसोको ०२:५५ बजे

सम्बन्धित खवर