कुलप्रसाद केसी ‘सोनाम’ बने लुम्बिनीका नयाँ मुख्यमन्त्री

२८ साउन /   लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा कुलप्रसाद केसी सोनाम नियुक्त भएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले चार दलीय गठबन्धनको समर्थनमा माओवादी केन्द्र संसदीय दलका नेतासमेत रहेका केसीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । केसीलाई मुख्यमन्त्रीमा नियुक्त गर्न ४२ जना सांसदको समर्थनसहित कांग्रेस संसदीय दलका नेता विरेन्द्र कनोडियाले प्रदेश प्रमुख शेरचनलाई हस्ताक्षर बुझाएका थिए ।
बुधबार नेकपा एमाले संसदीय दलका नेता शंकर पोखरलले मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुई भन्दा बढी दलको बहुमत पुर्याएर दाबी पेश गर्न २४ घण्टाको समय दिएका थिए । गठबन्धनमा नेपाली कांगेसका १९, माओवादी केन्द्रका १८, जसपाका ३, जनमोर्चाका १ र १ स्वतन्त्र जना गरी ४२ जना सांसद छन् । एमालेका ३७ सांसद छन् ।

गठबन्धनमा हृदेयश त्रिपाठी समूहमबाट सूर्य चुनाव चिन्ह लिएर जितेका सांसद अजय शाहीसमेत गठबन्धनमा मिसिएका छन् । गठबन्धनले आजै पाँच सदस्यीय मन्त्रीमण्डल बनाउँदैछ । आजै अपरान्ह सपथ ग्रहणको कार्यक्रम रहेको छ । काँग्रेसबाट डिल्ली चौधरी, जसपाबाट सहश्राम यादव मन्त्री बन्दैछन् ।

बिहिबार, २८ साउन, २०७८, साँझको ०५:५८ बजे

सम्बन्धित खवर