कर्णाली सहकारीको अन्तरक्रिया

 झापा / बिर्तामोडमा केन्द्रिय कार्यालय रहेको कर्णाली वचत तथा ऋण सहकारी संस्थालको दमक सेवा केन्द्रले सदस्यहरु विच सुभकामना आदन प्रदान सहित अन्तर्कि्रया कार्यक्रम सम्पन्न गरेको छ । नजिकिरहेका पर्वहरु दशैं, तिहार, छठ को सुभकामना सहित अन्तर्कि्रया सम्पन्न भएको हो ।

दमक सेवा केन्द्र व्यवस्थापन समिति सम्योजक शेरबहादुर भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा सहकारीका कर्जा बिभाग प्रमुख मनहरी निरौलाले सहकारीका बिषयमा सदस्यहरुले राखेका जिज्ञासाहरु समाधान गर्नु भएको थियो । सहकारी संस्थामा कारोबार गर्दा संस्थाका कोषहरुको बारेमा जानकारी दिनुपर्ने, सदस्यहरुले संस्थाको कारोबारको बारेमा निरन्तर जानकारी राखिरहनु पर्ने लगायतका बिषयमा उहाँले प्रस्ट पार्नु भएको थियो । त्यसैगरी कर्णाली सहकारीको स्वास्थ्य उपचार कोष लगायतका अन्य कार्यक्रमहरुको बारेमा पनि जानकारी गराउनु भएको थियो ।

दमक सेवाकेन्द्र व्यवस्थापन समिति सदस्य गिरिराज भट्टराईले स्वागत गर्दै कार्यक्रममो औचित्य बारेमा जानकारी गराउनु भएको थियो भने कर्णाली सहकारीका सदस्य तथा समाजिक व्यक्तित्व डा. लेखनाथ न्यौपाने लगायतले सुभकामना मन्तव्य राख्नु भएको थियो । सोहि अवसरमा तिन जना सदस्यहरुलाई उपचार कोषको रकम हस्तान्तरण गरिएको दमक सेवा केन्द्र प्रमुख मित्रबहादुर बस्नेतले जानकारी दिनुभयो । पथरियाको अप्रेसन गरे बापद चन्द्रदेवी राईलाई २४ हजार ६ सय रुपैयाँ र धनमायाँ तुम्रोकलाई १० हजार रुपैयाँ र एपेण्डिसाईटिसको अप्रेसन गरेका सदस्य परिमल शाहलाई १० हजार रुपैयाँ उपलब्ध गराईएको उहाँले बताउनु भयो ।

सहकारी संस्थाहरुको बिषय बिभिन्न समाचारहरु आईरहेको सन्दर्भमा सदस्यहरुलाई संस्थाको बिषयमा जानकारी दिईएको दमक सेवा केन्द्र प्रमुख बस्नेतले जानकारी दिनुभयो ।

सोमबार, २७ भदौ, २०७९, बिहानको ०७:०८ बजे

सम्बन्धित खवर