वडाध्यक्ष मादेनले गरे आफ्नै खर्चमा बालकको उपचार

विगत दश बर्ष देखि आँखाको ज्योती गुमेर गरीविका कारण उपचार गर्न नसकेका मिक्लाजुङ्गका एक बालकको आँखाको उपचार भएको छ । मिक्लाजुङ्ग ३ का वडाध्यक्ष खगेन्द्र मादेनले आफ्नै खर्चमा १५ बर्षिय बालक राम बहादुर खकुरेलको उपचार गराएका हुन । विराटनगर आखा अस्पतालमा गरीएको अपरेसनमा करीब साठि हजार खर्च भएको वडाध्यक्ष मादेनले बताउनु भयो ।

कक्षा ७ मा अध्ययनरत बालक राम बहादुरको आखाँमा आवश्यक आँसु उत्पादन हुन छोडेकोले आखाँको ज्योती गुमेको थियो । आर्थिक अभाबका कारण उपचार नपाई रहेको अवस्थामा सामाजीक दायित्व बोध भई बालकको उपचार गरीदिएको अध्यक्ष मादेनले बताउनु भयो । आँखाको उपचारका लागि सहयोग पाउँदा एकदमै खुसी लागेको र उपचार पश्चात केही देख्न थालेको बालक खकुरेलले बताए ।

बिहिबार, २६ भदौ, २०७६, बिहानको १०:०८ बजे

सम्बन्धित खवर