भाङबारीमा फनपार्क सञ्चालन

दमक, २६ असोज / दशैंको अवसर पारेर दमकमा सोमबारदेखि फनपार्क सञ्चालनमा आएको छ । दमक फनपार्क एण्ड एग्रो टुरिजम प्रालिले करिब रु १३ करोड रुपैयाँको लागतमा आजदेखि दमक फनपार्क सञ्चालनमा ल्याएका हुन् ।
यसको ग्राण्ड ओपनिङ भने केही समय पछि गरिने प्रालिले जनाएको छ । सो प्रालिले फनपार्कका बिषयमा जानकारी दिन आयोजना गरेको पत्रकार भेटघाटमा फनपार्कका प्रथम सञ्चालक विप्लव दंगालले दशैंमा दमकबासी र दमक आउने पाहुनालाई मनोरञ्जनपूर्ण नयाँ गन्तव्य दमकमै रहेको सन्देश दिन दशैंको अवसर पारेर फनपार्क खुल्ला गरिएको जानकारी दिए ।
आफनै पार्कको साढे ६ बिगाहा क्षेत्रफलमासवारी पार्किङको व्यवस्थासहित शुरु भएको पार्कमा प्रमुख आकर्षकका रुपमा गोल्डेन टापु रहेको छ ।
उनका अनुसार अन्य फनपार्क भन्दा छुट्टै परिचय रहेको त्यस फनपार्कमा बोटिङ सहित टापुमा आकर्षक कलाकृतिहरुको सजावट छ । त्यस्तै बालबालिकाहरुलाई सुरक्षित किसिमको मनोरञ्जनस्थल छुट्टै निर्माण गरिएको छ । जहाँ तेन्जेङ नोर्गे शेर्पाले सगरमाथा आरोहण गरेको दृश्य निर्माण गरिएको छ । बन्यजन्तुहरुका कलाकृति पनि यहाँ देख्न सकिन्छ भने तिहारपछि स्विमिङ पूल समेत सञ्चालनमा ल्याइनेछ । पार्क भित्रै स्तरीय रेष्टुरेँन्ट पनि सञ्चालनमा ल्याइएको प्रालिका अध्यक्ष योगराज दंगालले बताए ।
होटल तथा पर्यटन व्यवसायका अनुभवी युवाहरु संलग्न भएर सञ्चालनमा ल्याइएको दमक फनपार्कलाई पूर्व क्षेत्रकै पर्यटकीय गन्तव्यका रुपमा स्थापित गराउने प्रयत्न गरिएको अध्यक्ष दंगालले बताए ।
सो फनपार्कमा दंगालद्धयसंगै दमकका सफल युवा व्यवसायीहरु दिपेन्द्र ढुंगेल, दिपक पौडेल, पुष्प खनाल, किशोर खनाल, कुमार खनाल लगायत ११ जनाको संयुक्त लगानी रहेको जनाइएको छ ।
जिल्लका मुख्य शहरी क्षेत्रहरुमा पछिल्ला समय व्यवसायिक रुपमा फनपार्क लगायतका मनोञ्जनस्थलका संरचनाहरु निर्माण हुने क्रम बढ्दै गएकोछ ।

मङ्गलबार, २६ असोज, २०७८, दिउँसोको ०४:५९ बजे

सम्बन्धित खवर