टी-२० विश्वकप: पाकिस्तान बाहिरियो, अस्ट्रेलिया फाइनलमा

अस्ट्रेलिया पाकिस्तानलाई हराउँदै आईसीसी टी-२० विश्वकपको फाइनलमा प्रवेश छ।

गएराति दुबईमा भएको सेमिफाइनलमा अस्ट्रेलियाले पाकिस्तानलाई पाँच विकेट पराजित गरेको हो। पाकिस्तानले दिएको १७७ रनको लक्ष्य अस्ट्रेलियाले १९ ओभरमा पूरा गरेको थियो।

अस्ट्रेलियाका लागि म्याथ्यु वेड, मार्कस स्टोइनिस र डेभिड वार्नरले उत्कृष्ट पारी खेले। वेडले १७ बलमा ४१ रन बनाएप्छि अस्ट्रेलियाको फाइनल यात्रा पक्का भएको हो। उनले १९औं ओभरका अन्तिम तीन बलमा तीन छक्का प्रहार गरेका थिए।

यस्तै, स्टोइनिसले अविजित ४० र वार्नरले ४९ रन बनाए। पाकिस्तानका लागि शादाब खान उत्कृष्ट बलिङ गरे। उनले चार ओभरमा २६ रन खर्चिएर चार विकेट लिए भने शाहीन शाह अफ्रिदीले एक विकेट लिए।

पहिले ब्याटिङ गरेको पाकिस्तानले चार विकेट गुमाएर ज्ञ७६ रन बनाएको थियो। पाकिस्तानका लागि मोहम्मद रिजवानले ६७, फखर जमानले ५५ र बाबर आजमले ३९ रन बनाएका थिए।

अस्ट्रेलियाका लागि मिचेल स्टार्कले दुई तथा एडम जम्पा र प्याट कमिन्सले एक-एक विकेट लिए।

अब टी-२० विश्वकपको उपाधिका लागि २८ कात्तिकमा अस्ट्रेलिया र न्यूजिल्यान्ड भिड्नेछन्।

शुक्रबार, २६ कार्तिक, २०७८, बिहानको ०८:२४ बजे

सम्बन्धित खवर