पथरीशनिश्चरे प्रिमियर लिग फुटबलको दोस्रो दिनको खेलमा सिरिजङ्गा फुटबल क्लब बिजयी

पथरी /  मोरङको पथरीशनिश्चरे नगरमा जारी प्रथम टेन्सवर्ग पथरीशनिश्चरे प्रिमियर लिग फुटबलको दोस्रो दिनको खेलमा सिरिजङ्गा फुटबल क्लब बिजयी बनेको छ ।

शुक्रबार सिरिजङ्गा फुटबल क्लब र हेरिका न्यु स्टार फुटबल क्लब विच भएको खेलमा खेलको ३३ औँ मिनेटमा दिलकुमार याक्सोले १ गोल गरेका थिए । हेरिका न्युस्टारका खेलाडिहरुले आधादर्जन गोल गर्ने अवसर उम्काएपछि पराजय स्वीकार्नु परेको थियो । खेलको म्यान अफ द म्याच बिजेता सिरिजंङ्गा फुटबल क्लबका बिबेक आङ्देम्बे लिम्बू घोषित भए । उनलाई पथरी स्पोटिङ्ग क्लबका अध्यक्ष धनकुमार तामाङ्गको हातबाट पुरस्कार प्रदान गरिएको थियो ।

खेलको ६५ औँ मिनेटमा सिरिजङ्गाका सुवास तामाङले गरेको आकर्षक प्रहारलाई हेरिकाका गोल रक्षकले उत्कृष्ट बचाउ गरे । शनिबारको खेल १० नबोदय र देबिगन्ज फुटबल क्लब बीच हुने आयोजक समितिका सचिव मनि लुम्फुङ्वा लिम्बूले बताए ।
खेल सुरु हुनुअघि पथरी स्पोर्टिङ्ग क्लबका अध्यक्ष धनकुमार तामाङ्गको प्रमुख अतिथ्यमा औपचारिक कार्यक्रम भएको थियो । सुरुमा वितरित खेल तालिका परिवर्तन भएर आज सिरिजङ्गा र हेरिका न्युस्टार फुटबल क्लबको प्रतिष्प्रर्धा भएको थियो ।

यस खेलमा विजेता टिमले १ लाख ७५ हजार र उपविजेता टिमले ७५ हजार, ट्रफि, मेडल र प्रमाण पत्र पाउने आयोजकले जनाएको छ । प्रतियोगितामा पथरिशनिश्चरे नगर भित्रका हाइवे फुटबल क्लब, देबिगन्ज फुटबल क्लब, वाई जिएफ टि क्लव, १० नबोदय फुटबल क्लब, सिरिजङ्गा फुट्बल क्लब, शिखर फुटबल क्लब, द रियल ब्रोदर फुटबल क्लब र हेरिका न्यु स्टार फुटबल क्लब गरि जम्मा आठ ओटा क्लब सहभागी रहेको आयोजक समितिका अध्यक्ष संजिव गिरीले बताए ।

शनिबार, २७ मंसिर, २०७७, बिहानको ०९:०८ बजे

सम्बन्धित खवर