कांग्रेस नेता कृष्ण सिटौलालाई कोरोना संक्रमण, अभियान प्रभावित हुने

२७ मंसिर, काठमाडौं /  नेपाली कांग्रेसका नेता कृष्ण सिटौलालाई कोरोना भाइरस संक्रमण भएको छ। शुक्रबार गरिएको पिसिआर परीक्षणमा सिटौलाको रिपोर्ट पोजिटिभ आएको हो।

संक्रमणका कारण देशब्यापी रुपमा सरकारको विरोध प्रदर्शन गर्ने काँग्रेसको घोषित अभियान प्रभावित हुने भएको छ ।

सामान्य रुघाखोकी लागेपछि उनको शुक्रबार राति करिब १० बजेतिर स्वाब दिइएको र आज कोरोना पुष्टि भएको उनका स्वकीय सचिव किरण सिटौलाले जानकारी दिए। नेता सिटौला हाल घरमै आराम गरिरहेका छन्।

नेता सिटौलाले आफ्नो नजिकको सम्पर्कमा रहेका सबैलाई आवश्यकताअनुसार परीक्षण गर्न र सावधानी अपनाउन पनि सामाजिक संजालमार्फत् आग्रह गरेका छन्।

शनिबार, २७ मंसिर, २०७७, दिउँसोको ०३:१६ बजे

सम्बन्धित खवर