नयाँ नेतृत्व चयन गर्दै सिमरबना सहकारीको १३ औं वार्षिक साधारणसभा सम्पन्न

बैकल्पिक खवर

इटहरी / सुनसरीको इटहरी स्थित सिमरबना बचत तथा ऋण सहकारी संस्थाको १३औं वार्षिक साधारणसभा आज सम्पन्न भएको छ । गत २१ गते उद्घाटन भएको सो सस्थाको साधारणसभा आज नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको हो ।                                                                       सस्थाको कारोबार                                                       
इटहरी–५ मा रहेको उक्त सहकारीका निबर्तमान अध्यक्ष भीष्म कुमार घिमिरेको अध्यक्षतामा आज समापन भएको साधारणसभाले प्रकाश चन्द्र बस्नेतको अध्यक्षतामा लेखा समिती सहित १४ जनाको कार्यसमिती चयन गरेको हो ।

आज चयन भएको समितीमा अध्यक्ष बस्नेत सहित उपाध्यक्ष बिरेन्द्र प्रसाद गौतम ,सदस्यहरुमा काशीनाथ दङ्गाल ,टोमप्रसाद तिम्सिना,भेषराज ढकाल ,सुष्मा शर्मा, कोपिला कट्‍वाल , दोहिनीप्रसाद ओझा ,मैनादेवी ढकाल युवराज दाहाल,हरिप्रसाद तिम्सिना ,रहेका छन।त्यसैगरि
शालिग्राम काफ्ले लेखा समिति संयोजक लोकनाथ लम्साल र कमला गुरुङ लेखा समिति सदस्य रहेको सस्थाका सदस्य काशीनाथ दंगालले जानकारी दिए।                 

सस्थाका सदस्य काशीनाथ दङ्गालले संचालन गरेको उक्त साधारणसभाको प्रमुख अतिथि इटहरी उपमहानगर पालिका वडा न ५ का अध्यक्ष कल्याण बहादुर कार्की
अतिथि जिल्ला सहकारी संघ सुनसरीका सचिब गंगा प्रसाद दाहाल रहेका थिए ।नवनिर्वाचन समितीलाइ
निर्वाचन समितिका संयोजक डा। टोलनाथ काफ्लेले
पद तथा गोपनियताको सफथ गराएका थिए ।

सो कार्यक्रममा सस्थाको आर्थिक गतिविधिका बारेमा प्रबन्ध निर्देशक बिनोद ढकालले आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए । निर्वाचित समितिको तर्फबाट आगामि ४ बर्षे कार्यकालमा संस्थाको वासलात दोब्बर बनाउने , सामाजिक सचेतनामुलक कार्यक्रमहरु संचालन गर्ने , संस्थालाई सबल सक्षम र नमुना संस्थाको रुपमा बिकास गर्ने लगायतका प्रतिबद्वता उपाध्यक्ष बिरेन्द्र प्रसाद गौतम ले व्यक्त गरेका थिए ।

 

शनिबार, २७ मंसिर, २०७७, साँझको ०६:४७ बजे

सम्बन्धित खवर