झापाबाट महामन्त्रीसहित १९ जनाको उम्मेदवारी

दमक,२६ मंसिर / नेपाली काँग्रेसको १४ औ महाधिबेशनको निर्वाचन कार्यक्रम अन्तर्गत पदाधिकारीतर्फ एक महामन्त्रीसहित १९ जनाको उम्मेदवारी परेको छ ।
कांग्रेस निर्वाचन समितिले सार्वजनिक गरेको उम्मेदवार मनोनयन अनुसार झापाबाट महामन्त्री पदमा विश्वप्रकाश शर्मासहित १९ जनाको उम्मेदवारी परेको हो । प्रदेश १ बाट दुई खुला केन्द्रीय सदस्यमा आठ जनाको उम्मेदवारी मनोनयन मध्ये झापाबाट अनिलकृष्ण प्रसाई परेको छ । त्यस कोटामा झापा बाहिरका आनन्द सन्तोषी राई, खिलराज बस्नेत, अमृत अर्याल,विरवल राई,जनार्दनराम निरौला,राजीव कोइराला र सुमित्रा थरुनीको उम्मेदवारी परेको हो ।
त्यस्तै प्रदेश १ बाट एक जना खुला महिला कोटामा ५ जनाको उम्मेदवारी मध्ये झापाबाट प्रतिनिधिसभाकी सांसद महेन्द्रकुमारी लिम्बू र गोमादेवी भटटराईको उम्मेदवारी परेको छ । जिल्ला बाहिरबाट लिलादेवी बोखिम लिम्बू,इन्दिरा थापा,सिता पौडेलको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ ।
यस्तै महिलातर्फ ९ जना खुला केन्द्रीय सदस्यमा ३१ जनाको मनोनयन मध्ये झापाबाट पूर्व मन्त्री सरिता प्रसाई,शुसीला ढकाल आचार्य, तुलसा पन्तको उम्मेदवारी परेको छ । यसैगरि, ३५ जनाको खुला केन्द्रीय सदस्यका लागि मनोनयन गरिएका ११० जनाको उम्मेदवारी मध्ये झापाबाट डाक्टर खगेन्द्र पाण्डव अधिकारी,शुधिर शिवाकोटीको उम्मेदवारी परेको हो ।
यस्तै,केन्द्रीय सदस्य खस आर्यतर्फ ७ पदमा ४९ जनाको उम्मेदवारी मध्ये झापाबाट पूर्वमन्त्री केशव कुमार बुढाथोकी,मेदनी प्रसाद सिटौलाको उम्मेदवारी परेको छ ।
यस्तै, खसआर्य महिलातर्फ ६ पदका लागि ३४ जनाको मनोनयन मध्ये झापाबाट उमा शिवाकोटीको उम्मेदवारी परेको हो ।यस्तै आठ जना आदिवासी जनजातिततर्फको मनोनयन भएका ५४ मध्ये झापाबाट सन्तोषकुमार मेन्याङ्गवो ,भूमिप्रसाद राजवंशी,आदिवासी जनजातितर्फकै ७ महिला कोटातर्फमा परेका ३६ जनाको मनोनयन मध्ये झापाबाट उषा गुरुङ्गको उम्मेदवारी दर्ताछ ।
दलित पुरुष खुलातर्फ ५ पदका लागि मनोनयन भएका १७ मध्ये झापाबाट अमर बहादुर बराइलीको उम्मेदवारी परेको हो । खुला ५ पदका पुरुष मधेशी कोटामा परेका २७ जनाको मनोनयन मध्ये झापाबाट सत्यनारायण चौधरी,भारतेन्द्र मल्लिक,भगिरथ पोद्दारको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ ।

आइतबार, २६ मंसिर, २०७८, साँझको ०६:०७ बजे

सम्बन्धित खवर