नश्लबोध

एमपी दाहाल – लेखक

मेरो ठुलो आखाले कन्चन्जङ्गा हेर्दिन
त्यो त चिम्से लाप्चाहरुको
इस्टदेब रे १
किरातहरुको पारुहाङ्ग र सुम्निमाको
देबस्थल रे१
मेरो दृस्टी त्यतातिर गिद्दे ठहर्छ
जबर्जस्त
किनकी मेरो नाक चुच्चो छ।
उहिले कहिले मेरा बाहुन खलकहरुले
राजगुरु,राजपुरोहित आदी आदी
बनेर
ती चेप्टे र चिम्सेहरुलाइ
दमन पनि गरे रे
सिलौटामा जिरा पिसेझै
भिमसेनलाइ नौसिङ्गे भाले
चडाएझै
अरुणलाइ किरात चडाए रे
बिस्णुमतीलाइ पाटे नेवारहरुको
नाकको पाटै चडाए रे ।
ऐले तिन्ले त्यस्को ऐतिहासिक
क्षतिपूर्ति
यत्रतत्र सर्बत्र मागिरहदा
म भने कृष्णपक्षको चन्द्र झै लुप्त नै
रहन्छु
किनकि मेरो नाक चुच्चो छ।
मुलबासीहरुको भासा बचाउने
भेष बचाउने
स्वत्व र अस्तित्व बचाउने
आन्दोलनहरुमा
म पनि सङसङै छु१
मलाई यहाँको बहुलताप्रती
बहुलट्ठि प्रेम छ
घाटु,पालम,सिली आदी प्रती
सद्भाव र सहभागीता छ
तर म त्यतातिर लाग्दा
तिम्रो नजरमा
लेन्डुपे,सुराकी
दलालको एजेन्ट
इत्यादि बन्छु
सिरिसमा उम्रेको
ऐजेरु जस्तै
भटमास रोप्दा उम्रेको
पाती जस्तै
किनकी मेरो नाक चुच्चो छ।।
अरुणको आयु जस्तै
लिम्बुवानको आयु बताउने म
कन्काइको दिर्घायु र कोचको स्वत्व
समानार्थी बुझ्ने म
रोङ्ग,मिथिला,तामसालिङ्ग,किरात
मगरात र खसलाइ
चन्द्र र सुर्यजस्तै
अरबौ बर्ष
आयु भएको मान्ने म
मनमा ,तनमा ,स्पन्दनहरुमा
रास्ट्र राज्य बोकेर
ऐयासी ठाटिलो मधुरता
साध्ने म
मानौ यो मेरो आफ्नै हो
छिमेकी ,साथी,आप्पा९आमा हैन
म आफै हु
अरुणमा बगेको पानी
मेरा पुर्खाहरुको रगत हो
कन्चन्जङ्गाको हिउँ
मेरा पुर्बजका नलिहाड जमेका हुन
तर
म मौन छु
मान्न सक्दैन सत्य मेरो निस्ठालाइ
यो ढोङ्गी समाजले
मलाइ बैरी देख्छ
चिम्से,थ्याप्चे,कोछे र मेचेहरुले
नदेखुन पनि कसरी
मेरो नाक चुच्चो छ र इतिहास खुनी छ।

तिम्रा पहिचानहरुमा
तिम्राले नै अद्धोगामी पिसोले
तिम्रै आन्दोलन र अभियानको
साक्षी बनेर
कोहि लिम्बु बाहुन बने
कोहि राइ शासक बने
कोही तामाङ्ग सम्भ्रान्त बने
कोहि गुरुङ्ग,भोटे,थकाली र थारुहरु
रास्ट्राङ्ग बने
तर तिम्रो गति र नियती
रत्तिभर फेर परेन
उस्तै उस्तै
उदासिन आकास जस्तै
पतझड बन जस्तै
भुमध्यसागरीय उस्णता जस्तै
ध्रुबिय सुर्यास्मी जस्तै
बिल्कुल छड्के नै
मैले बोल्दा त
बिटुलो हुन्छ
किनकी तिम्रा प्रतिनिधि
कथित सासकहरुले
तिम्रो नाम,इनाम र इतिहास
संघर्ष र बलिदानी
बेच
आफुलाइ म भन्दा
उच्चकोटीको शासक बाहुन
र खरो नश्लबोधी बनाइसके
यति सत्ते था हुदाहुदै पनि
मेरो बोलीमा नेल ठोकिन्छ
जबरजस्त
मेरो बिचारलाइ
ब्राह्मणबादी छलछाम नै मानिन्छ
घुसपैठ सम्झन्छ यसलाइ दुनियाँ
बृहस्पतिलाइ झुट मानेझै
बुद्धलाइ बिस्णुकै अवतार मानेझै
किनकी मेरो नाक चुच्चो छ।।
तिम्रो माङमा एक प्याला
छ्याङ्ग सड्काउदा
भटमासको किनिमा र
भिमसेनलाइ भाकल गरेको नौसिङ्गे भालेको
वाचिपा बजाउदा
मेरो मन खुस हुन्छ
रोदिमा गुरुङ्गसेनीको रुपले
मलाइ तान्छ
थारुनी मैया र सुब्बिनी लुङ्गा
मलाई आफ्नै लाग्छन
गोर्खा राज्यको बिस्तारमा
तिम्रो राज्य बिस्थापित भएको
सत्यले मलाइ
स्तब्ध बनाउछ।
म चेपे नदी भन्दा
अरुणलाइ घृणा गर्छु
गणेश हिमाल भन्दा
कन्चनजङालाइ प्रेम गर्छु
मिले तिमीसङ्गको सहबासले
एउटा बर्णशन्कर निकाल्छु
मनको निहारिकामा मेरो ब्राह्मणत्व
स्वाहा पारिदिन्छु
तर यी सब गर्नलाइ एउटा अवरोध छ
सौर्य किरणलाइ ओजोनको
अवरोध भन्दा गाढा
तिब्बती पठारलाइ
हिमालको अबरोध भन्दा पनि गाढा
दशगजा,फिफ्टिन प्यारेलाल,
अमेरिकी मेक्सिको पर्खाल आदी आदी
भन्दा अग्लो र अपार
त्यो कसिङ्गर
तिम्रो आखामा
मेरो नाक चुच्चो छ
हो म चुच्चे हु १

बिहिबार, २६ मंसिर, २०७६, दिउँसोको ०३:४४ बजे

सम्बन्धित खवर