ओलिकाे गृह जिल्लामा नेकपाकाे हार

 

हिजो सम्पन्न बिर्तामोड साना शहरी तथा खानेपानी संस्थाको निर्वाचनमा नेपाली कांग्रेस निकट लोकतान्त्रिक प्यानल बिजयी भएको छ ।
लाेकतान्त्रीक प्यानलका जल कुमार गुरुङले सँयुक्त प्यानलका उमेदवार ज्ञानुराम प्रसाइलाई झन्डै डबल मतान्तरले हराएका छन । अध्यक्ष ,सिचव लगायतका सबै पदहरुमा लाेकतान्त्रीक प्यानल बिजयी भएकाे छ । नेकपा अध्यक्ष तथा प्रधानमन्त्री के पी ओलीकाे गृह जिल्लामा नेकपाले फेरि अर्को पराजय भाेगेकाे छ ।
हिजाे सम्पन्न चुनावामा नेकपाले काँग्रस बाहेकका सबै दल सँग चुनावी तालमेल गरेकाे थियाेे । प्रधानमन्त्रि देखि अन्य प्रभाबशालि नेताहरुकाे गृहजिल्लामा यस्ताे परिणाम आएपछि यितबेला नेकपा भित्र खैलाबैला मच्चिएकाे छ ।
प्रधानमन्त्रि ओली, पुर्व कानुनमन्त्री अग्नि खरेल, सँबिधानसभा सदस्यद्वय, रबिन काेइराला र दिपक कार्की , सँघिय संसदका सदस्य राम कार्की , प्रदेस सरकारका गृहमन्त्री हिक्मत कार्की लगायतका नाम चलेका नेताहरुकाे गृह जिल्लामा नेकपाले नराम्राे संग पराजय भाेगेकाे छ ।

बिहिबार, २६ मंसिर, २०७६, रातीको १०:३९ बजे

सम्बन्धित खवर