नेपाल जेसीसको बर्ष २०२० का लागी अशोक शंकरको उमेद्वारी

नेपाल जसिसका कार्यकारिणी उपाद्यक्ष अशोक शंकरले नेपाल जेसीसको राष्ट्रीय अद्यक्षका लागि उमेद्वारी दिएका छन । आगमी पौष ९ – १२ सम्म चितवनको सौराह मा सम्पन्न हुन ग़ैरहेको नेपाल जेसीस बर्ष 2020 को अद्यक्षका लागि उनको उमेद्वारी परेको हो । लामो समय देखी नेपाल जेसीस मार्फत सामाजिक गतिविधिमा सक्रिय रहेका अशोक शंकर नेपाल जेसीसका भरपर्दा खम्बाको रुपमा परिचित छन । नेपाल जेसीस बर्ष द्दण्ज्ञडका कार्यकारी उपाद्यक्ष शंकर सफल ब्यबसायी हुनुका साथै पथरी जेसीसका संस्थापक अद्यक्ष पनि हुन ।

देश विकास गर्नु पर्छ र देश विकास हुनुपर्छ भनिरहदा यी विषयलाई सकारात्मक रुपमा अघि बढाउन हरेक संघसंस्थाको आफ्नै उदेश्य हुने गरेता पनि संघसंस्था र युवा वर्ग विचलित भएमा सो कुरा पूरा नहुने हुनाले आफ्ना लक्ष्य ,उदेश्य पूरा गर्दै राष्ट्रका लागि युवालाई अघि बढाउन अभिप्रेरित गर्ने उदेश्य  नेपाल जेसिज बर्ष २०२० का लागि अध्यक्षमा आफ्नो उम्मेद्बारी रहेको शंकरको भनाइ छ।
शंकरले जेसिज मार्फत युवाहरुलाई आर्थिक, सामाजिक रुपमा दक्ष र अब्बल युवा निर्माण गरेर देशलाई सुम्पिने आफ्नो लक्ष्य रहको बताउछन ।

राष्ट्रिय अध्यक्षका उम्मेद्बार शंकरले सन २०१४ राष्ट्रिय उपाध्यक्ष साथै वर्ष २०१८ मा राष्ट्रिय कार्यकारीणि उपाध्यक्ष भएर कुशलता पुर्वक कार्य सम्पादनको अनुभव बटुली सकेका छन।

बिहिबार, २६ मंसिर, २०७६, साँझको ०६:०१ बजे

सम्बन्धित खवर