फोनिज प्रदेश १ समितिको नयाँ नेतृत्व चयन

दमक,२९ पुस / नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज ) प्रदेश १ समितिको नयाँ नेतृत्व चयन भएको छ । गएराति मोरङको पथरीमा सम्पन्न दोश्रो प्रादेशिक अधिबेशनको निर्वाचनबाट अध्यक्षमा सन्तविर लामा ,उपाध्यक्षमा राजेन्द्र राई (दुष्ट ) र अप्सरा समाल, महासचिवमा सुसन राई, सचिवमा सन्देश सुब्बा र प्रदिप चौधरी तथा कोषाध्यक्ष प्रेम देवान सर्वसम्मत निर्वाचित भएका छन् ।
अधिबेशनले कार्यसमितिको सदस्य, लेखा समिति ,अनुशासन समितिका संयोजक र सदस्यहरु सवै सर्वसम्मत निर्वाचित गरेको नवनिर्वाचित अध्यक्ष लामाले बताए । अधिबेशनले फोनिजमा आवद्ध पत्रकारहरुको क्षमता अभिबृद्धिमा सहयोग पुरयाँउने हेतुले रु १० लाखको अक्षय कोष स्थापना गर्नुका साथै आफनो मुखपत्र ‘अग्रगामी कदम’ स्मारिकाको बिमोचन गरेको छ ।
प्रादेशिक अधिबेशनमा प्रदेश १ का १४ जिल्ला शाखाबाट १५० जना प्रतिनिधि ,पर्यवेक्षकको सहभागिता रहेको थियो । दुई दिने उक्त अधिबेशनको उद्घाटन प्रदेश १ सरकारका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्गवोले गरेका थिए ।

बिहिबार, २९ पुष, २०७८, बिहानको ०९:१२ बजे

सम्बन्धित खवर