झापामा माघ ७ देखि सार्वजनिक स्थलमा खोप कार्ड अनिवार्य

झापा , २९ पुष/ झापामा माघ ७ गतेदेखि सार्वजनकिा स्थलहरु (कार्यालय, होटल, रेस्टुरेन्ट, सिनेमा हल, रंगशाला, हवाइयात्रा, पार्क आदि) मा खोप लगाएको कार्ड देखाए मात्र प्रवेश दिने अनिवार्य व्यवस्था लागू गरिने र सोही दिनदेखि सार्वजनिक सेवा प्राप्त गर्न समेत खोप कार्ड अनिवार्य गर्ने समितिले निर्णय गरेको छ ।
झापामा २५ जनाभन्दा बढी भेला हुनेगरी कुनै पनि भेला, मेला र महोत्सव आयोजना गर्न नपाइने भएको छ । जिल्ला कोभिड व्यवस्थापन समितिले आज त्यस्तो निर्णय गरेको हो ।

निमित्त प्रमख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेको अध्यक्षतामा जिल्ला कोभिड व्यवस्थापन समिति झापाको बैठकले २५ जना भन्दा बढी भीड जम्मा हुने कार्यक्रममा बन्देज लगाउने निर्णय गरेको हो ।

छिमेकी भारतमा संक्रमण दर बढेको हुँदा अति आवश्यक नपरी सीमा पारि नजान र जानै परे कोभिड १९ विरुद्धको खोप लगाएको कार्ड देखाउन समितिले अनुरोध गरेको छ ।

बैठकले काँकरभिट्टा लगायत नेपाल प्रवेश विन्दुमा एन्टिजेन परीक्षण प्रभावकारी बनाउन, सार्वजनिक स्थलमा निःशुल्क एन्टिजेन परीक्षणको व्यवस्था मिलाउन र खोप अभियान प्रभावकारी बनाउन स्वास्थ्य कार्यालयलाई निर्देशन दिएको छ ।
होल्डिङ सेन्टर, आइसोलेसन सेन्टर र अस्पताल तयारी अवस्थामा राख्न समेत समितिले आग्रह गरेको छ ।

बिहिबार, २९ पुष, २०७८, बिहानको ०९:३२ बजे

सम्बन्धित खवर