आदर्श माबि कोरोबारी लाइ खानेपानी प्यानल हस्तान्तरण

दमक । गौरीगञ्ज २ स्थित आदर्श मा बि लाइ स्वच्छ खानेपानी प्यानल हस्तान्तरण गरिएको छ । वर्क फर नेपाल र हेल्पिङ हेण्डस को सहयोगमा बिद्यालयमा निर्मित स्वच्छ खानेपानी प्यानल हस्तान्तरण गरिएको हो ।
गत शनिबार झापा क्षेत्र नँ ४ का साँसद एलपी साँवाको प्रमुख आतिथ्यमा एक औपचारिक कार्यक्रमको आयोजना गरि सो प्यानल बिद्यालयलाइ हस्तान्तरण गरिएको हो । वर्क फर नेपालका अध्यक्ष तीलचन्द्र अधिकारीको अध्यक्षतामा भएको हस्तान्तरण कार्यक्रममा प्रदेश सभा सदस्य झलक सिँह दर्लामी गौरीगञ्ज गापा अध्यक्ष बाबुराजा श्रेष्ठ वडा नँ २ का वडाध्यक्ष अघनु राजवँशी एचएचआरडी का कन्ट्री डाइरेक्टर साहिद खालिद मोहसिन एचएचआरडीका कार्यक्रम अधिकृत जीवा पोख्रेल बिद्यालयका प्रअ लक्ष्मण राजवँशी लगायतको उपस्थिती रहेको थियो ।
हस्तान्तरण अघि सँघिय साँसद एलपी साँवा र प्रदेश सँसद झलकसिँह दर्लामीले खानेपानी प्यानलको रिवन काटेर उद्घाटन गरेका थिए भने बिद्यालयका तर्फबाट सहयोगी सँस्थाहरुलाइ कृतज्ञता पत्र प्रदान गरिएको थियो ।

सोमबार, २८ पुष, २०७६, दिउँसोको १२:१२ बजे

सम्बन्धित खवर