प्रधानमन्त्री ओलीले ठूलो विश्वासघात गरे : वरिष्ठ नेता पौडेल

१ फाल्गुन, काठमाडौं/ नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले ठूलो विश्वास घात गरेर प्रतिनिधि सभा विघटन गरेको बताएका छन् ।

पूर्व प्रधानमन्त्री समेत रहेका डा. बाबुराम भट्टराईद्वारा लिखित ‘गुमनाम आमाहरूको कथा’ पुस्तक लोकार्पण समारोहलाई सम्बोधन गर्दै पौडेलले यस्तो बताएका हुन् ।

संसदले प्रधानमन्त्री दिन नसकेमात्रै संसद विघटन गर्नसक्ने सहमतिमाथि धोका भएको पौडेलको भनाइ छ । ‘हामीसँगै बसेर गरेको सहमति केपी ओलीजीले विश्वासघात गर्नुभयो । यस विश्वासघातबाट देशलाई मुक्त गर्नुपर्छ’, पौडेलको भनाइ छ ।

उनले यति ठूलो विश्वासघात होला भन्ने नसोचेको भन्दै राजनीतिमा भएको ढाँटछलले जनता निरास भएको बताए ।

शनिबार, ०१ फागुन, २०७७, साँझको ०६:०५ बजे

सम्बन्धित खवर