आठौ दमक फुडफेस्टिवलमा ५० लाख बराबरको कारोबार

  दमक/  विभिन्न खानाका परिकारको स्वाद चखाउँदै दमकमा सञ्चालित आठौ दमक फुड फेस्टिवल- २०७८  सम्पन्न भएको छ । होटल व्यवसायी संघ दमकको आयोजनामा चैत २३ गते देखि चैत २९ गतेसम्म दमकको पशुहाटमा फुड फेस्टिबल आयोजना गरिएको थियो ।
सो फेस्टिबलमा करिब एक लाख अवलोकनकर्ताहरुले अवलोकन गरेको र करिब ५० लाख बराबरको व्यवसायिक कारोबार भएको प्रचारप्रसार संयोजक दीपक फुयालले बताए ।
दमक क्षेत्रको आर्थिक , सामजिक तथा साँस्कृतिक बिकासका लागि आन्तरिक , धार्मिक, पर्यटकीय तथा स्थानीय जनजातिका परिकारको प्रचारप्रसार गरि दमक क्षेत्रलाई आन्तरिक पर्यटन भित्र्याउने लक्ष्यको साथ कार्यक्रम आयोजना गरिएको कार्यक्रम संयोजक भुपेन्द्र प्रसाद न्यौपानेले जानकारी दिए ।फेष्टिबलमा स्थानीय तथा राष्ट्रिय कलाकारहरुले दैनिक प्रस्तुति दिएका थिए।
समापन कार्यक्रममा दमक होटल व्यबसायी संघका अध्यक्ष योगराज दंगालको सभापतित्वमा प्रमुख अतिथि दमक नगरका प्रमुख रोमनाथ ओली,बिशेष अतिथि होटल व्यबसायी माहसंघका प्रदेश न १ का अध्यक्ष राजन दंगाल,अथिति वाड ७ का अध्यक्ष भीम पौडेल, हिमशिखर टेलिभिजनका सञ्चालक ध्रुब न्यौपाने, सुरक्षा निकायका प्रमुख लगयातका ब्याक्तित्वहरुको उपश्थिति रहेको थियो ।

बुधबार, ३० चैत, २०७८, बिहानको ०७:४९ बजे

सम्बन्धित खवर