एक्लै चुनाव लड्छु भन्ने एमालेले एकै दिन गर्यो राप्रपा र परिवार दलसंग गठबन्धन

३० चैत्र, काठमाडौं / नेकपा एमालेले एकैदिन दुई साना दलसंग चुनावी गठबन्धनको घोषणा गरेको छ । एमालेले आज कमल थापा नेतृत्वको राप्रपा नेपाल र एकनाथ ढकाल नेतृत्वको परिवार दलबीच चुनावी गठबन्धन भएको हो।

एमालेका स्थानीय विकास विभाग प्रमुख देवेन्द्र दाहाल र राप्रपा नेपालका स्थानीय निकाय परिचालन विभागका प्रमुख सुशीलकुमार श्रेष्ठले ५ बुँदे सहमतिमा हस्ताक्षर गरेका छन् ।

त्यस्तै नेकपा एमालेका स्थानीय विकास विभाग प्रमुख देवेन्द्र दाहाल र परिवार दलका महामन्त्री सन्तोषकुमार पौडेलले गठबन्धन सहमती पत्रमा हस्ताक्षर गरेका छन् । अब आउँदो बैशाख ३० गते हुने स्थानिय तह चिर्वाचनमा परिवार दल र राप्रपाले पनि सूर्य चिह्न लिएर प्रतिस्पर्धा गर्नेछन् ।

एमाले अध्यक्ष केपी ओलीले चुनाव नजिकै गर्दा गठबन्धनसंग चुनाव लड्न एमाले एक्लै सक्षम रहेको भन्दै सत्ता गठबन्धनप्रति विभिन्न ब्यङ्ग्य, कटाक्ष र टिप्पणी गर्दै आएका थिए । उनले गठबन्धनलाई कहिले आधा किलो तौल र एमाले कुन्टल भन्ने गरेका छन् भने कहिले एमालेलाई भैंसी र गठबन्धनलाई बाख्रा भन्दै चुनावी सभामा भाषण दिदैं आएका छन् ।

बुधबार, ३० चैत, २०७८, रातीको ०९:४१ बजे

सम्बन्धित खवर