मेचीनेत्रालयद्वारा विपन्न परिवारलाई राहत प्रदान

दमक / झापाको मेचीनगर—६ स्थित मेची नेत्रालय एण्ड अप्थाल्मिक रिसर्च सेन्टर प्रा।लि ले नगरको वडा नम्बर—६ का अति विपन्न परिवारलाई राहत सामग्री उपलब्ध गराएको छ ।

आज सोमबार अस्पतालकातर्फबाट मेडिकल निर्देशक एवम् वरिष्ठ नेत्ररोग विशेषज्ञ डाक्टर शरदचन्द्र प्रकाश राईले मेचीनगर नगरपालिका वडानम्बर ६ का वडाध्यक्ष ललितबहादुर तामाङलाई खाद्यन्न सहितको राहत सामाग्री प्रदान गरेका हुन ।

डाक्टर राईका अनुसार अस्पतालमा कार्यरत ६५ जना कर्मचारीहरुले आफ्नो एकदिनको तलब बराबरको रकमले प्रत्येक परिवारलाई १५ केजी चामल, १ पाकेट तेल, १ केजी दाल र १ केजी नुन प्रदान गरेको हो । विपद्का बखत अस्पताल समेत हरेक दीन दुखी र अति विपन्न परिवारका साथ छ भन्ने सन्देश प्रवाह गर्नका लागि राहत सामाग्री उपलब्ध गराएको अस्पतालले जनाएको छ ।

सोमबार, ०१ बैशाख, २०७७, साँझको ०५:२८ बजे

सम्बन्धित खवर