बराह ग्रुपद्वारा राहत कोषमा १९ लाख सहयोग

 

दिनेश दङगाल
दमक / नेपालको चर्चित ब्यावसायीक समुह बराह ग्रुपले नेपाल सरकारलाई कोरोना बिरुद्दको लडाइँमा ऊन्नाइस लाख रुपैयाँ सहयोग गरेकोे छ । बराह ग्रुपले सो रकम ग्रुपका अध्यक्ष शिव कुमार लामिछानेले धरान उप महानगर पालिकामार्फत नेपाल सरकारको राहत तथा उपचार काेषलाई हस्तान्तरण गरेकोे बराह ग्रुप धरान शाखा प्रमुख मान बहादुर दियलीले जानकारी दिए । उक्त रकममध्ये स्थानीय सरकारको राहत कोषमा ४० प्रतिशत र केन्द्र सरकारको राहत कोषमा ६० प्रतिशत जम्मा हुने दियालिले बताए । सोमबार धरान उपमनपा मेयर तिलक राई उप-मेयर मञ्जु भण्डारी सुवेदी मार्फत सो रकम हस्तान्तरण गरिएको बराह ग्रुपले जनाएको छ ।
बराह ग्रुप अन्तर्गतका सबै ब्यावसयीक प्रतिष्ठानहरु र त्यहाँ कार्यरत कर्मचारीहरू सञ्चालक सल्लाहकार शुभचिन्तक ,कर्मचारी र संस्थागत संकलन गरी उक्त राहत रकम उपलब्ध गराइएको बराह ग्रुपले जनाएको छ । लकडाउनको अवस्थामा पनि बराह ग्रुप अन्तर्गत धरान स्थित बराह डिपार्टमेन्ट स्टोरले निरन्तर हाेम डेलिभरि मार्फत सेवा पुर्‍याउँदै आइरहेको छ ।अहिले सम्म झन्डै दुइ हजार घरपरिवार लाई होम डेलिभरी मार्फत सेवा पुर्याएको धरान शाखाले जनाएको छ ।

सोमबार, ०१ बैशाख, २०७७, रातीको ०८:५० बजे

सम्बन्धित खवर