ग्लोबलद्वारा ६४ परिवारलाई राहत सामाग्री प्रदान

दमक /  दमक -६ स्थित ग्लोबल एजुकेशन एकेडेमिले करिब ६४ परिवारलाई राहत सामाग्री वितरण गरेकोे छ ।दमक स्थित बेलडाँगी सरणार्थी शिबिरमा रहेका आफ्ना अभिभावक र अन्य स्थानीय सहितलाई गरेर ६४ घरपरिवारको लागि राहत सामग्री बेलडागी क्याम्पकका सचिब कृष्ण बहादुर सुब्बा  मार्फत उपलब्ध गराइएको ग्लोबलका अध्यक्ष खेम प्रसाद भण्डारीले जानकारी दिए । गत सोमबार उक्त सामाग्री ग्लोबल एकेडेमिका अध्यक्ष भण्डारी तथा प्रधानाध्यापक गुणराज अधिकारि लगायतको टोलीले सिविरलाई हस्तान्तरण गरेकोे थियो ।

प्रति परिवारलाई १० केजि चामल, १ किलो दाल्, १ पोका खाने तेल , १ पोका नुन , १ पोका सोयाबिन र १ पिस साबूनका दरले ६४ परिवारलाई करिब ५६ हजार बराबरको राहत सामाग्री उपलब्ध गराईएको ग्लोबलका प्रिन्सिपल गुणराज अधिकारीले बताए । ग्लोबलले गत सोमबार बेलडाँगी सिविरलाई उपलब्ध गराएको उक्त राहत सामाग्री सिविरले हिजो सबै ६४ परिवार लाई वितरण गरेकोे छ ।सो अवसरमा दमक नगरपालिकाका ३ नम्बर वार्ड अध्यक्ष नवीन बराल ,लायन्स क्लब अफ दमक गोल्डका अध्यक्ष श्री काशिराम खाती ,ग्लोबल शिक्षा समितिका संयोजक डाक्टर निर्मल कटुवाल तथा शिक्षकहरु श्याम आचार्य  ,दुर्गा नेपाल ,दिपक भट्टराई ,सुरेन्द्र बस्नेत लगायत उपस्थित रहेको थियो ।

हिजो गरिएको राहत वितरण पूर्वघोषित कार्यक्रम अन्तर नै भएको ग्लोबलले जनाएको छ । उस्ले यस अघि दमक नगरपलिकाको राहत कोषमा ५० हजार नगद उपलब्ध गराएको छ ।

बुधबार, ३१ बैशाख, २०७७, बिहानको ०४:२६ बजे

सम्बन्धित खवर