अध्यक्ष ठाकुरले ३ जना सम्सद तट्स्थ राख्न १ करोड २५ लाख बाडेको खुलासा

बैकल्पिक खवर

जसपाका अध्यक्ष महन्थ ठाकुरले उपेन्द्र यादव निकट साम्सद विमल श्रीवास्तव र उमाशंकर अरगरियालाई जनही ५० लाख रुपैया दिएको रहस्य खुलेको छ ।बिगत केही समय देखि उपेन्द्र यादवको बिरुद्ध नियोजित रूपमा प्रयोग हुदै आएका अरगरिया र श्रीवस्ताब प्रधानमन्त्रीको बिश्वासको मतको पक्षमा उभिएका थिए ।

साबिक समाजवादी पार्टी बाट प्रत्यक्ष निर्वाचित दुवै संसदहरु महन्थ ठाकुरको निर्देशनमा तटस्थ बसेका थिए ।पार्टी पधादिकारीको बैठक पछि अध्यक्ष उपेन्द्र यादवले साबिक समाजवादीका साम्सादहरु लाई बिश्वासको विपक्षमा मतदान गर्न निर्देशन गरेका थिए । स्रोतको दावी अनुसार महन्थ ठाकुरले दुवै जनालाई प्रधानमन्त्री लाई सहयोग गर्ने सर्तमा जनही ५० लाख दिएपछि उपेन्द्रको निर्देशनलाई लत्याउदै तटस्थ बसेका थिए । जनकपुर बाट संचालित जनकपुर टुडे अन्लाईनका अनुसार ठाकुरले साबिक सामाजवादी कि समानुपातिक साम्सद रुही नाजलाई भने २५ लाख दिइएको बुझुएको छ । समानुपातिक साम्सदलाई २५ लाख र निर्वाचित लाई ५० लाख छुट्टाइए अनुसार नाज लाई २५ लाख दिइएको हो – श्रोतले भन्यो ।

श्रीवास्तव र यादव निर्वाचित सांसद हुन् ।नाज समानुपातिक सांसद हुन् ।तीनै जना भने तत्कालिन समाजवादी पार्टीबाट सांसद बनेका हुन् । स्रोतका अनुसार ओलिलाई सहयोग गर्ने सर्तमा ठाकुर – महतो पक्षले ओलिबाट मोटो रकम लिएको जनाइएको छ । केही दिन अगाडि देखी ओलिको सत्ता जोगाउन र यादव पक्षीय साम्सदहरु लाई आफ्नो पक्षमा तान्न प्रधानमन्त्रीबाट करिब १ अर्ब ७१ करोड पैसा लिएको भन्दै ठाकुरको तिब्र आलोचना भैरहेको छ ।केही दिन अगाडि जसपाका केन्द्रिय सदस्य बिश्वदिप पान्डेले संसद खरिदका लागि विभिन्न मान्छेहरु आफ्ना साम्सदहरुको घरमा पैसा लिएर पुग्न थालेको भन्दै ट्विट नै गरेका थिए ।

उता गण्डकी प्रदेशमा पैसाको व्यापक चल्खेल भएको छ । मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङको पक्षमा लागेका जनमोर्चाका साम्सदले जनही १० करोड लिएको खुलेको छ । गुरुङले जसपाको प्रदेश समितीलाई पनि १० करोड, ३ मन्त्री , र नियुक्तका लागि लिखितका लागि अफर गरेका थिए । तर जसपाका गण्डकी प्रदेश अध्यक्ष मोती रिजालले ठाडै अस्विकार गरेपछि गुरुङ जनमोर्चाका २ जना साम्सद तिर सोझिएको श्रोतले बतायो । यसरी सबैतिर साबिक समाजवादी का साम्सदलाई आर्थिक प्रलोभन देखाउदै खरिद गर्न खोज्नु पछाडि ठाकुर – महतो कै प्रत्यक्ष निर्देशन रहेको जसपाका केही नेताहरुले बताउने गरेका छन । पछिल्लो श्रीबास्तब , अरगरिया र नाज प्रकरणले पनि यही पुष्टि गरेको उनिहरुको दाबी रहेको छ ।

यसैबिच ठाकुर – महतो पक्षमा लागेका केही प्रमुख नेताहरुले सो समूह छोड्ने तयारी गरेका छन । श्रोतका अनुसार अस्तिको संसद बैठकना तटस्थ बसेका केही सांसदहरु ठाकुर – महतो्लाइ छोड्ने तयारीमा रहेका छन। एमालेका नेपाल–खनाल समुहले राजिनामा दिने तयारी गरेसंगै ठाकुर–महतो पक्षका तत्कालीन राजपा अध्यक्ष मण्डलका सदस्य समेत केहि सांसदहरु यादव खेमामा जाने तयारीमा रहेका छन ।- यो सामग्रीका लागि आवस्यक श्रोत जनकपुर टुडे बाट लिइएको हो

बिहिबार, ३० बैशाख, २०७८, बिहानको ०८:३१ बजे

सम्बन्धित खवर