उपेन्द्र यादवलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही

बैकल्पिक खवर

काठमाडौं /  जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर पक्षले अर्का अध्यक्ष उपेन्द्र यादवलाई साधारण सदस्यसमेत नरहनेगरी कारबाही गरेको छ । मंगलबार बबरमहलमा बसेको पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले यादवलाई साधारण सदस्यसमेत नरहनेगरी कारबाही गरेको एक नेताले जानकारी दिए ।
यादवलाई कारबाही गरिएको निर्णय निर्वाचन आयोगलाई बुझाइने उनले बताए । यसअघि मंगलबार नै ,यादव पक्षले भने ठाकुरसहित वरिष्ठ नेता राजेन्द्र महतो, नेताहरु लक्ष्मणकर्ण र सर्वेन्द्रनाथ शुक्ललाई स्पष्टीकरणको जवाफ नदिएको भन्दै पार्टीको साधारण सदस्यसमेत नरहनेगरी कारबाही गरेको थियो ।

बिहिबार, ३० बैशाख, २०७८, दिउँसोको १२:१६ बजे

सम्बन्धित खवर